बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिबिर

ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिबिर


  • Dhorpatan News
  • चैत्र १४ २०७५, बिहिबार

पोखरा, १४ चैत – पोखरा महानगरपालिकाले वडा नम्वर २३ का आफ्ना ज्येष्ठ नागरिकको लागि निशुल्क स्वाथ्य शिविर संचालन गरेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले बिहिवार वडा नं २३ ठुलाखेतमा सो शिबिर संचालन गरेको हो । शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्यमा महानगर गम्भिर रहेको बताइन् । महानगरभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क घुम्ती शिविर सञ्चालन गरिएको बताइन् । उनले ज्येष्ठ नागरिकले आफ्नो स्वास्थ्यमा चाँसो राख्नुपर्ने बताइन् । उपमेयर गुरुङले परिवारले जेष्ठ नागरिकका हेरविचारमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको बताइन् ।
आफु बिजयी भएर आएकै दिन ज्येष्ठ नागरिकलाई दुई सय रुपैयाँ बृद्धि गर्ने निर्णय गरेर महानगरका १३ हजार ज्येष्ठ नागरिकले २२ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन, यो उहाँहरुप्रति गरेको सम्मान हो । उनले नागरिकको स्वास्थ्यमा सरकार गम्भिर रहेका कारण आठ वटा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई महानगरको सिफारिसको आधारमा १ लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिइन् ।
क्यान्सर, मुटु, हेडइन्जुरी, मृगौला लगायतका विरामीलाई १ लाख सम्मको निशुल्क उपचारको व्यवस्था रहेको बताउदै उनले भनिन,‘मृगौला फेनर्’पर्ने अवस्था विरामीलाई चार लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था छ । ज्येष्ठ नागरिक बोझ नभएर घर र समाजका गहना भएको बताइन् . शिविर उद्घाटन कार्यक्रम वडा नम्वर २३ का कार्यबाहक वडाध्यक्ष भरतराज भण्डारीको अध्यक्षतामा भएको थियो ।
यसैवीच शिविरमा १८८ जना ज्येष्ठ नागरिकको आँखा, सुगर र जनल रोगहरुको जाँच गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षणपछि ज्येष्ठ नागरिकलाई औषधि निशुल्क उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->