शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो सातादेखि

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो सातादेखि


  • Dhorpatan News
  • चैत्र १५ २०७५, शुक्रबार

काठमाडौं, पुर्वाधार निमार्णमा ढिलाइ भएको भन्दै पटक-पटक मिति सारिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बैशाख पहिलो साता हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को बोर्ड बैठकले वैशाख ५ गतेदेखि ११ गतेसम्म आठौं राष्ट्रिय खेलकुद संचालन गर्ने निर्णय गरेको हो । परिषदका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले मिति तय गरेपछि आठौं राष्ट्रिय प्रतियोगिता हुने पक्का भएको हो ।
प्रदेश ६ का विभिन्न स्थानमा प्रतियोगिता गर्ने तयारी भइरहेको छ । यसअघि कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्ने बताएको थियो । प्रतियोगिता आउन केही दिनमात्र बाँकी रहँदा पुर्वाधार निमार्णको कामलाई तिव्र पारिएको छ । उद्घाटन र समापन हुने नेपालगंज रंगशालाको भिआइपी प्यारापिट निमार्णको कार्य तिव्ररुमा अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->