स्याङ्जा, १८ चैत- विद्यालयमा अध्यनरत छात्राहरुको रजस्वला हुँदा पठनपाठन अबरुद्ध हुने समस्यालाई रोक्न फेदिखोला गाउँपालिकाले नयाँ उपाय अबलम्बन गरेको छ ।
हरेक महिना रजस्वला हुदाँ छात्राहरुको पठनपाठन अबरुद्ध हुने समस्यालाई रोक्न गाउँपालिकाले स्वचालीत सेनेटरी प्याड मेशिन सुचारु गरेको हो ।
विशेष गरेर कक्षा ६ देखि माथि अध्ययन गर्ने छात्रालाई लक्षित गरेर गाउँकार्यपालिकाले पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको सहकार्यमा महिनाबारी स्वच्छाता व्यवस्थापन कार्यक्रम ल्याएको हो । गाउँपालिकाले पहिलो चरणमा सिदार्थ माबिबाट महिनाबारी स्वच्छाता व्यवस्थापन कार्यक्रम अगाडी ल्याएको हो ।यहाँ राखिएको स्वचालीत सेनेटरी प्याड मेशिनबाट महिनाबारी भएको छात्राले स्मार्ट कार्डको प्रयोग गर्दै सेनेटरी प्याड पाउने छ । एटिएम कार्ड जस्तै स्मार्ट कार्डलाई मेसीनमा छिराएर आफ्नो लागी आवस्यक कार्डको संख्या दबाएपछि आफै प्याड बाहिर आउने गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले गाउँपालिकाले प्रत्येक कक्षाको मनिटर र विद्यालयको महिला शिक्षकलाई स्मार्ट कार्ड उपलब्ध गारएको बताउँदै सुवेदीले हरेक कार्डबाट २० वटा सेनेटरी प्याड झिक्न सकिने बताएको बताए ।
गाउँपालिकाले बिद्यालयमा एक सय ५० वटा कार्ड फोकल टिचरलाई दिएको बताउदै सबुेदीले हरेक कार्डबाट २० वटा प्याड झिकेपछि फोकल टिचरले कार्डको नबिकरण गर्नुपर्ने बताए । एक प्याडको ५ रुपैया पर्ने बताउदै १ कार्डलाई एक सय रुपैयाँ मूल्य तोकिएको उनको भनाई छ । मेसिनमा ५० वटा सेनेटरी प्याड राख्न सकिने बताउदै सुबेदीलले भने, ‘प्याडको रकम छात्राहरुले तिर्न पर्दैन, बिद्यालयले तिर्दछ ।’सेनेटरी प्याड मेशिन अभियान देशमा दोस्रो र गण्डकी प्रदेशमा पहिलो भएको बताउदै सुबेदीले पहिलो बर्षमा प्रभाबकारी देखिएमा गाउँपालिका सबै बिद्यालयमा सुरु गर्ने बताए ।
छात्राहरु विद्यालय आएको बेला रजस्वला हुँदा बीचमै पढाइ छाडी घर जानुपर्ने विवसताको मेशिनको शुरुवातसँगै अन्त्य हुने सुवेदीको भनाई छ । आफ्नो पढाइ नियमीत रुपमा हुने र दैनिक पढाईलाई कुनै किसिमको असर नपर्ने कक्षा ९ मा अध्ययनरत छात्रा शुभेक्षा शर्माले बताउनुभयो । पहिला विद्यालय कसरी जाने, विद्यालय समयमा रजस्वला भएमा के गर्ने, महिनाबारी भएको बेला आफ्ना छात्रा साथी वा शिक्षिकालाई भन्न अप्ठ्यारो हुने परिस्थितिले विद्यालय जान असहज हुने गरेको बताउदै शर्माले भने,‘प्रविधी युक्त मेसिनको प्रयोग भए सँगै सहज हुने आशा छ ।’
शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय प्रमुख सीता सुन्दासले किशोरीलाई महिनावारी हुँदा नियमित विद्यालय आउनको लागी मेशिनको प्रयोगले प्रोत्साहित गर्ने बताए ।उनले छात्राहरुको महिनाबारिलाई पर्यादीत र गोपनियता राख्न, स्वच्छता व्यवस्थापन गर्न मेशिनको सुरुवातले राम्रो गरेको बताए ।





