शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

सरकार दुइ तिहाइको निद्रामा छ : संग्रौला

सरकार दुइ तिहाइको निद्रामा छ : संग्रौला


  • Dhorpatan News
  • चैत्र १८ २०७५, सोमबार

स्याङ्जा,१८ चैत -नेपाली कागे्रसकी केन्द्रिय सदस्य एवं सांसद डा. डिला संग्रौलाले सरकार दुइ तिहाइको निद्रामा रहेको बताएकी छन् । सरकारले कुरा मात्रै गरेको र काम गर्न नसकेको बताउदै भ्रष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएकी छन् । प्रेस युनियन स्याङ्जाद्धारा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले महंगी र भष्ट्राचारीबाट जनता निरास भईसकेको भन्दै दुइ तिहाईको सरकारले १ वर्षभन्दा बढी समय कुरा गरेरै गुजारेको बताइन् ।
नेपाली कागे्रसले राष्ट्रियता, अखण्डता चाहेको भन्दै विप्लबसंग वार्ता गर्नुपर्ने उनको भनाइ थियो । नेतृ संग्रौलाले भनिन् ,मुलुकलाई विखण्डनबाट बचाउन विप्लबसंग वार्ता गरौँ, विप्लबले पनि आतंक र हत्याहिंसाको राजनिति त्याग्नुप¥यो । संघियताको कार्यान्वयनको साटे सरकार उल्टो दिशातर्फ हिडेको भन्दै सबै अधिकार केन्द्रमै केन्द्रिकृत गरेको समेत उने आरोप लगाइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->