सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नु पर्दछ : प्रम ओली

सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नु पर्दछ : प्रम ओली


  • Dhorpatan News
  • चैत्र १९ २०७५, मंगलबार

काठमाडौं,१९ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताए ।६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन।
प्रधानमन्त्री ओलीले सहकारीले ठुला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए ।
किसानहरुले कहिले सब्जी सडकमा फालेको,कहिले दुध पोख्नु परेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए । एक डोको कोपी किन्न कोही आउदैनन् ,एक ड्रम दुध किन्न पनि ग्राहक भेटिदैन ,प्रधानमन्त्री ओलीले भने ,गाउँभरी एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउछन् ।
प्रधानमन्त्री ओलीले बिषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएको बताए।
फलफूलका बोट विरुवामा नयाँ नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीले बताए । फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउछ? प्रधानमन्त्री ओलीले भने लौकामा त्यस्तै । कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ । यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोष्क तत्वहरु पाउन सकिन्छ , ओलीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->