सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

प्रगतिमा शैक्षिक गुणस्तर वृद्वि गर्न विभिन्न योजना !

प्रगतिमा शैक्षिक गुणस्तर वृद्वि गर्न विभिन्न योजना !


  • थम्मन थापा
  • चैत्र १९ २०७५, मंगलबार
गलकोट, १९ चैत – प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्म सप्ताहघाट बागलुङले आगामी शैक्षिक सत्र २०७६ देखि शिक्षालाई थप गुणस्तरिय र समय सापेक्ष अगाडी बढाउने भएको छ । विद्यालयमा मंगलवार सम्पन्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सरोकारवालाको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले अभिभावक र विद्यार्थीको रुचि अनुसार शिक्षाको गुणस्तरलाई अभिवृद्वि गर्न दार्जिलिङबाट अङ्ग्रेजी शिक्षक ल्याउने र त्यसको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा र सहायक प्रधानध्यापक कृष्ण प्रसाद गौतमलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै अभिभावक सॅग गुणस्तरिय शिक्षाको निमित्त आवश्यक परामर्श तथा भेटघाट गर्ने, विद्यालय सेवा क्षेत्र भन्दा बाहिरबाट स्वेच्छिक भर्ना हुन आउने विद्यार्थीलाई केहि छुटको व्यवस्था गर्ने, शैक्षिक सत्र २०७६ देखि स्थानिय श्रोतमा नियुक्ति हुने शिक्षकहरु बिचमा विद्यालय छोडन नपाउने सर्तमा नियुक्ति गर्ने, विद्यार्थी होस्टेल छात्रबासको सुविधा प्रदान गर्ने निर्णय गरेको छ । होस्टेलको व्यवस्थापनको लागि लोक बहादुर थापाको संयोजकत्वमा ६ सदस्यिय समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दल बहादुर थापा, राम बहादुर थापा, ह.टिका बहादुर थापा, कृष्णा थापा र शिक्षक प्रतिनिधि राजबाबु चौधरी रहेका छन। वि.सं २०६९ देखि अङग्रेजी माध्यमबाट पठनपाठन सुरु गरि जिल्लामै नमुना विद्यालयको रुपमा स्थापना भएको विद्यालयमा अहिले शैक्षिक क्षेत्रमा सुधार भएको छ । भौतिक पुर्वाधार निर्माण, आई टी, लाईब्रेरेरी, कक्षा ३ देखि कम्युटर शिक्षा, विद्यार्थी सुरक्षाको लागि विद्यालय हाता भित्र तारबार समेत गरिएको छ । विद्यालयमा पढाई राम्रो भएपछि अहिले अभिभावको आकर्षण समेत दिनहुॅ बढदै गईरहेको छ । नमुना विद्यालयको रुपमा केहि वर्ष यता परिचित हुन थालेपछि प्रगति आधारभुत विद्यालय मल्ममा शैक्षिक स्थलगत अवलोकनको विभिन्न स्थानबाट समेत आउने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->