शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

शशांकले भने – ‘मैले स्लिप गरेकै हो’

शशांकले भने – ‘मैले स्लिप गरेकै हो’


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७५, बुधबार

स्याङजा, २० चैत । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्र र जनमत संग्रहको विषयमा आफू चिप्लिएको बताएका छन् । गएको होलीमा उनले हिन्दु राष्ट्रको लागि जनमत संग्रहको पक्षमा भएको टिप्पणी दिएका थिए । त्यसयता पार्टीभित्रैबाट पनि लगातार विरोध हुन थालेपछि कोइरालाले मंगलबार प्रेस युनियन स्याङजाको पत्रकार सम्मेलनमा बोल्दै आफू स्लिप भएको स्विकारेका हुन् ।
‘त्यो होलीको दिन थियोमैले स्लिप गरेकै हो’ उनले भने, ‘पत्रकारहरुले घुमाईफिराई प्रश्न राखे, ओलीले होली वाईन खाएको देखेनन् ।’महामन्त्री कोईरालाले आफू हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे ।
‘मचाहिँ हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा छु, मेरो ठाउँमा धेरै मान्छेहरु छन्, जसले प्रेसर हाल्छन्, तर म हिन्दु राष्ट्र नभई धर्म स्वतन्त्रताको पक्षमा छु ।’ उनको भनाई थियो ।यस्तै, उनले बिपीको सिद्धान्त र मार्गचित्रमा हिँड्ने व्यक्ति नै सच्चा सुपुत्र हुने बताए ।विपी पुत्र हुँदैमा पार्टी सभापति बन्नेभन्दा पनि विपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढ्ने दोश्रो व्यक्ति नेतृत्वमा आउनुपर्ने महामन्त्री कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->