मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गरिवी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

गरिवी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

काठमाडौं, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन।
कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे  । उनले  कोषलाई गरिव र विपन्न वर्गाको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिए।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->