शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पुतलीबजार नगरपालिकामा स्वास्थ्य शिबिर

पुतलीबजार नगरपालिकामा स्वास्थ्य शिबिर


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७५, सोमबार

स्याङजा, २५ चैत-महिलाहरुले मात्रै संचालन गरेको लायन्स क्लव अफ पिस टाउन पोखराले स्याङजाको पुतली नगरपालिका – ५ पोबेगौंडेमा स्वास्थ शिबिर सञ्चालन गरेको छ । शिबिरमा स्त्री रोग, आखाँ जाच, मधुमेह, थाइराइड तथा हर्माेन रोग तथा रगतमा हुने खराब बोसो टिजी जाँच लगायत परिक्षण गरिएको आयोजकले जनाएको छ । शिबिरबाट ५ सय जना बिपन्न समुदाय र महिलाहरु लाभन्वित भएका छन ।
शिविरलाई गण्डकी मेडिकल कलेज र री लाईफ आर्युबेदा हस्पिटलको प्राबिधिक सहयोग गरेको थियो । शिबिरमा डाक्टर, नर्स र प्राबिधिकहरुको टोलीले स्वास्थ्य परिक्षण, परार्मश, ल्याब परिक्षण र औषधी बितरण गरेको थियो । डा. केशव शर्मा, डा. सुन्दरी थापा, डा. ओम प्रकास कलौली, डा. दिपक भूषाल, डा. कमल शर्मा र डा. रोमी तण्डुकार तथा नर्सहरुको टोलीको सहभागीता थियो ।
पुतलीबजार नगरपालिका– ५ का अध्यक्ष राम रेग्मीले शिविरको उदघाटन गर्दै स्वास्थ सेवाको पहुँच वृद्धिमा लायन्सको महत्वपूर्ण भूमिका रहेको बताए । लायन्स क्लवका अध्यक्ष डा. बिनिता कोईराला शर्माले स्वास्थ्य मानवको सबै भन्दा ठूलो सम्पत्ति भएकोले हेलचेक्राई गर्न नहुने बताईन् । कार्यक्रमको संचालन शिवशक्ति युवा क्लवका सचिव दुर्गा बहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->