बागलुङ, २५ चैत –चैत्राष्टमी मेलाको अवसरमा आयोजित तारो खेल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । नवरात्रको पहिलो दिन शनिवार देखि शुरु भएको प्रतियोगितामा धौलागिरी आर्चरी क्लब बी समूहले प्रथम स्थान हासिल गरेको छ । क्लबबाट जितेन्द्र रोका, तेजिन्द्र जुकजाली, प्रबेश फगामी, प्रेम थापा, डानिपल रोका र पूर्ण तुलाचन सहभागी भएका थिए । बिजेता क्लबले नगद ५० हजार, उप बिजेताले २५ हजार तथा तेस्रो हुने टिमले १३ हजार र ट्फी प्राप्त गरेको छ ।
यसै गरी धौलागिरी आर्चरी क्लबको ए समूह उप बिजेता बनेको छ । समूहमा कुमार शेरपुन्जा, दनु पुन, चचन फगामी, भरत रोका, सन्तोष रोका, महेन्द्र गुरुङ रहेका थिए ।
तेस्रो स्थान प्राप्त गरेको रिभर साइड आर्चरी क्लबमा पूर्ण थापा, नारायण गडबुजा, इश्वर पुन मगर, दुर्गा पुन मगर, दम पुन मगर तथा गोपाल गुरुङ रहेका थिए ।
प्रतियोगितामा धौलागिरी आर्चरी क्लब बी का डानियल रोका उत्कृष्ठ खेलाडी घोषित भएका छन प्रतियोगिता अवधिभर धेरै खोल हान्न सफल भएका थिए ।
प्रतियोगिताका विजेता तथा उप बिजेतालाई जिल्ला समान्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले नगद पुरस्कार, ट्फी, मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए।





