मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेत्रज्योती संघ बागलुङको अध्यक्षमा पुरी चयन

नेत्रज्योती संघ बागलुङको अध्यक्षमा पुरी चयन


  • Dhorpatan News
  • चैत्र २७ २०७५, बुधबार

बागलुङ, २७ चैत–नेपाल नेत्र ज्योती संघ बागलुङको अध्यक्षमा भरत पुरी निर्वाचित भएका छन् । बुधबार सुरु भएको संघको नवौँ साधारणसभा तथा अधिवेशनबाट पुरी अध्यक्षमा चयन भएका हुन् । बुधबारनै सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष पदका लागि पुरी बाहेक कसैको पनि उम्मेदवारी नपरेको निर्वाच समितिले जनाएको छ ।
१२ सदस्यीय समिति रहने संघमा अन्य सदस्यहरुको नामको टुंगो लाग्न बाँकी रहेको सघंले जनाएको छ । अधिवेशनको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य मनकुमारी केसीले उद्घाटन गरीन् ।
कार्यक्रममा केसीले मानव शरिरमा आँखा संवेदनशिल अंग भएकाले यसमा स्वयम् व्यक्ति र सम्वद्ध सघं संस्था बिशेष रुपमा सजग र संवेदनशिल बन्नुपर्ने बताईन् । केसीले साबिकको धौलागिरि अञ्चललाई केन्द्रित गरी संघले शिविर र सेवा मार्फत गरिरहेको प्रयास प्रशंसनीय रहेको भन्दै यसलाई अझ फराकिलो बनाउदैँ लैजानुपर्ने आवश्यकता औल्याइन् । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले समाजमा रहेको अन्धविश्वासमा आँखाको समस्या भए पनि उपचार नगराउने प्रबृत्ति, परम्परागत झारफुक तथा जथाभावी औषधीको प्रयोग गर्नाले अन्धोपन बढ्दै जान सक्ने भएकाले समयमै सबै सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा नेपाल नेत्र ज्योती संघका केन्द्रिय सदस्य प्राध्यापक डा. दिलबहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टीका नेता फमलाल न्यूरे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अमर कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, राप्रपा नेपालका नबिनचन्द्र सर्बुजा, संघका संस्थापक सभापति तथा सल्लाहकार देबबहादुर श्रेष्ठ, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, जग्गादाता श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल नेत्र ज्योती संघ म्याग्दीका संयोजक अमर बानिया, स्याटलाईट क्लिनिक हरिचौरका संयोजक नारायणध्वज मल्ल, समाजसेवी विश्वनाथ रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थापना काल देखी हाल सम्म बिभिन्न क्षेत्रबाट सहयोग पु¥याएको भन्दै सांसद मनकुमारी केसी, इन्द्रलाल सापकोटा, मुरारीदत्त शर्मा, हरिप्रसाद शर्मा, पध्मचन्द्र राजभण्डारी, विश्वनाथ रेग्मी, भिमकुमारी आचार्य, टिकाराम आचार्य, पर्शुराम श्रेष्ठ, बिन्दुसागर राजभण्डारी, श्याम श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । साधारणसभाले सचिव बालकृष्ण शर्मा र कोषाध्यक्ष बिन्दुसागर राजभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । उद्घाटन कार्यक्रम संघका अध्यक्ष धुर्वबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष भरत पुरीको स्वागत र सचिव बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->