मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप

पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप


  • धु्रबसागर शर्मा
  • चैत्र ३० २०७५, शनिबार

म्याग्दी, ३० चैत -म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षेप गरेको छ ।
ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित मेलामा प्रशासनसँगको सहमित अनुसार समयसिमाभित्र नसकेको भन्दै शनिबार विहानै खुल्लामञ्चमा प्रहरी परिचालन गरी खुल्लामञ्चमा प्रवेश निषेश गरेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रमदेखि नै प्रशासन र आयोजक बीच तिब्र असहमतिका बीच प्रशासनले तोकेको समयसीमालाई आयोजकले अवज्ञा गरेको भन्दै बाध्य भएर हस्तक्षेप गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।.‘उहाँहरूसँगको समयमै तोकिएको अवधिलाई तोड्नु’भयो, महोत्सवले शान्ति सुरक्षामा गम्भीर असर गरेको छ’ प्रजिअ अधिकारीले भने .
सरकारद्धार प्रतिबन्धित विप्लप समुह, महोत्सव बाहिर हुने गरेका कुटपिट, झगडा, कक्षा ११ र १२ को परीक्षा, प्रतिकुल मौसम लगाएतका कारणले सुरुवातमा अनुमति दिइएको समयलाई प्रशासनले छोट्यान बाध्य भएको बताए ।
उनले आयोजकले प्रशासनलाई अटेर गरी महोत्सव सञ्चालनको प्रयास गरेको भन्दै समयसीमामा सक्नुपर्ने महोत्सवलाई जवरजस्ती लम्बाउने प्रयासले राज्यका निकायलाई ठाडो चुनौती दिएको बताए ।
प्रजिअ अधिकारीले महोत्सवको समयअवधी घटाउन राजनीतिक दलले समेत सहमति जनाएको बताए । महोत्सवलाई रेडियोद्धारा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा मात्रै केन्द्रित भएर सञ्चालन हुने अनुमानको भरमा पहिलो पत्र दिएको स्वीकार गरे ।यता रेडियो म्याग्दीले महोत्सवलाई अनुमति दिएर तयारी गरेपछि अदृष्य शक्तीबाट प्रशासनलाई दवाव दिइएको दावी गरेको छ ।
महोत्सवको अनुमति चैत्र २१ देखि बैशाख १ गतेसम्म दिएपछि तयारीमा जुटेको अवस्थामा अन्तिम समयमा आएर प्रशासनलाई जिल्लाका केही संस्था र ब्यक्तिहरुले दवाव दिएको बताउँदै शनिाबार दिउँसो समापनको तयारी गरिएको रेडियाका स्टेशन संयोजक भरत रकालले बताए । ‘बर्षाले लोकदोहोरीको फाइनलमा असर गरेपछि शनिबारलाई तोकेका थियौं, हामीले शनिबार नै सम्पूर्ण कार्यक्रमलाई सम्पन्न गर्ने योजना बनाएका थियौं’ रकालले भने । उनले महोत्सवलाई असफल भएको हेर्नेहरुबाटै शनिबार दिउँसो पुरस्कार सहित समापन कार्यक्रमको योजना बनाइएको अवस्थामा एक्कासी बन्द गरिएको बताए । ‘महोत्सवलाई मात्रै होईन् यो रेडियोको बार्षिकउत्सवका कार्यक्रमलाई पनि हस्तक्षेप भएको छ’ रकालले भने .।महोत्सवलाई बन्द गराउन विभिन्न माध्यमबाट दिइएको दवावलाई आगामी दिनमा प्रष्ट पार्ने उनले बताए । रेडियो म्याग्दीले प्रशासनको हस्तक्षेपलाई शक्ति दुरुपयोगको आरोप समेत लगाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->