मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अपडेट – लुक्लामा समिट एयरको विमान दुर्घटना

अपडेट – लुक्लामा समिट एयरको विमान दुर्घटना


  • Dhorpatan News
  • बैशाख १ २०७६, आइतबार

काठमाडौं ,१ बैशाख -लुक्ला विमानस्थलमा आइतबार बिहान उड्न लागेको जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।बिहान साढे ९ बजेतिर विमानस्थलमा ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई समिट एयरको जहाजले ठक्कर दिएको हो।सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।समिट एयरका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा खटिएका पर्यटक प्रहरीका असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याएर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।उड्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर  हेलिकप्टरमा ठोक्किएको हो।‘उड्न लागेको जहाज अनियन्त्रित भएर हेलिकप्टरमा ठोक्किएको भन्ने प्रारम्भिक जानकारी आएको छ,’ प्रजिअ रानाले भने।दुर्घटना परी तीन जना घाइते भएका छन्। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइएको छ। उनीहरूको ग्रान्डी अस्पतालमा उपचारमा भइरहेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->