मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते

बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते


  • Dhorpatan News
  • बैशाख १ २०७६, आइतबार

सर्लाही,१ बैशाख- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्। उष्ण प्रदेशिय बागवानी नजिकै आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बस रिजर्भ गरी घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन्। बस तीब्र गति र चालकको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार शाहीले बताए। घाइतेमध्ये ४ जना अवस्था गम्भीर रहेको शाहीले बताए। उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->