मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

समता स्कूललाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण

समता स्कूललाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण


  • Dhorpatan News
  • बैशाख २ २०७६, सोमबार

काठमाडौं, २ बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन । बालुवटारमा सोमवार आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।
प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए । ‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु, अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’
प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ । यसका लागि तपाईंहरुलाई बधाइ छ ।’
प्रधानमन्त्री ओलीले यस बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पारे । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->