गलकोट,४ बैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले गुल्मिको वामीटक्सार, अर्लाङकोट हुदै गलकोटको काडेबास जोडने मोटरबाटो कालोपत्रे गर्ने योजना आफनो प्रमुख प्राथमिकतामा रहेको बताएका छन। गलकोट नगरपालिकाको कार्यालयले बुधवारआयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै बिष्टले गुल्मि र बागलुङ जिल्लाका लाखौ उपभोक्ताहरु लाभाम्बित हुने भन्दै यसलाई कालोपत्रेका लागि योजनामा समावेश गर्ने बताए। मन्त्रि बिष्टले गलकोट क्षेत्रमा भएको बाढि, पहिरोको क्षतिको बिषयमा दुख ब्यक्त गर्दै तत्काल राहात तथा पुननिर्माणका लागी आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा प्रदेश सांसद ईद्रलाल सापकोटा र चन्द्र बहादुर बुढा सागरको समेत सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरभित्रका ठुला योजनाहरु छिमेकि नगरपालिका तथा गाउपालिका बिच सहकार्य र सहलगानिमा सञ्चालन गर्न सके बिकास गर्न सजिलो हुने बताए। कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नगरभित्रको परिचय सहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।





