मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपालाई विद्वानहरुको देश बनाउनु पर्दछ : प्रम ओली

नेपालाई विद्वानहरुको देश बनाउनु पर्दछ : प्रम ओली


  • Dhorpatan News
  • बैशाख ४ २०७६, बुधबार

काठमाडौं, ४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताए । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधवार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग  अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन। “नेपाललाई निरक्षरहरुको होइन,विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।”
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए। “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रम ओलीले थपे “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन् ।”प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भने  “अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”
गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->