मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सरकारले घोषणा गरेका कार्यक्रम पुरा हुन्छन : मन्त्री बिस्ट

सरकारले घोषणा गरेका कार्यक्रम पुरा हुन्छन : मन्त्री बिस्ट

गलकोटलाई स्मार्ट सिटिको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता


  • थम्मन थापा
  • बैशाख ४ २०७६, बुधबार

गलकोट ,४ बैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारले घोषणा गरेका कार्यक्रम पुरा गरेरै छाड्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री बिस्टले अहिले विकासको लागि आधारहरु तय भईरहेको बताउदै बिकास निर्माणका कामहरु तीव्र हुने बताए। नेकपाका स्थाई कमिटि सदस्य समेत रहेका बिष्टले काम गरेर बाच्न पाउने जनताको अधिकार सरकारको पहिलो प्राथमिकतामा रहेको बताए।श्रमिक ,मजदूरको हक हित र उचित पारिश्रमिक पक्षमा सरकारले ध्यान दिएको बताए ।बेरोजगार युवाहरुलाई रोजगारी दिनको लागि बेरोजगार युवाहरुको तथ्याङ्क संकलन भैरहेको उनले जानकारी दिए। आगामी बर्ष हरेक स्थानिय तहमा करिव ४ सय युवालाई स्थानिय स्तरमै रोजगारी श्रृजना गर्ने गरि सरकारले तैयारी गरेको उनले जनाए।
मध्यपहाडी लोकमार्गले चिरेर गएको गलकोटलाई ब्यबस्थित सहरिकरण गरि स्मार्ट सिटिको रुपमा विकास गर्न संघिय सरकारले सहयोग गर्ने मन्त्री बिस्टले प्रतिबद्धता जनाए । उनले गलकोटमा गएको बाढि र क्षेतीको एथेष्ट बिबरण संघिय सरकारलाई उपलब्ध गराउन स्थानिय सरकार र सांसद लाई आग्रह गर्दै केन्द्रीय सरकारबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्दता समेत जनाए। कार्यक्रममा प्रदेश सासद ईन्द्रलाल सापकोटा, चन्द्र बहादुर बुढा सागर, मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा लगाएतले बोलेका थिए ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गलकोट नगर अध्यक्ष ललित श्रीसको अध्यक्षता गण्डकी प्रद्रेश सयन्त्र सदस्य फमलाल निउरेको स्वागत तथा गलकोट नगर सचिब डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->