शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

एनएमबिमा निशुल्क खातामा सय रुपैँया जम्मा हुने

एनएमबिमा निशुल्क खातामा सय रुपैँया जम्मा हुने


  • हिमलाल पराजुली
  • बैशाख ७ २०७६, शनिबार

बालिङ, ७ बैशाख – “समृद्धिसंग जोड्औँ नाता सबै नेपालीको बैंक खाता” भन्ने नेपाल सरकारको नारामा एनएम बि बैंकले समेत निशुल्क खाता खोल्ने भएको छ । हरेक नेपालीलाई बैंकको पहुँचमा ल्याउने कार्यक्रममा बैंकले “एनएमबि सबैको सहारा बचत खाता” अभियानका साथ निशुल्क खाता खोले बापत सय रुपैँया जम्मा गर्ने अभियान शुरु गरेको हो । सबैको सहारा बचत खातामा बैंकले सय रुपैँया जम्मा गरिदिनेछ । शुक्रबार वालिङमा पत्रकार सम्मेलन गरी एनएमबिले यस्तो जनाएको हो ।

खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण हुनेछ भने जस अन्र्तगत खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्कृय, लिभरको रोग, मस्तिष्कघात, ह्रदयघात, प्यारालाईसिस जस्ता १८ प्रकृतिका गम्भिर रोगहरु लागेका भएमा १० लाख प्रदान गरने बैंकले जनाएको छ । एनएमबिमा सबैको सहारा बचत खाता शिर्षकबाट यस्ता सेवा लिनका लागि अन्यत्र कुनै पनि बैंकमा खाता हुन नहुने बैंकले स्पष्ट पारेको छ ।

त्यस्तै सबैको सहारा बचतमा खातावालाले सर्वाधिक व्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाईल बैंकिङ, निशुल्क ईन्टरनेट बैकिङ्घ तथा डिलाईट एटिएम कार्डको माध्यमबाट नेपालभरीका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सक्ने सुविधा रहेको बैंकका गण्डकी प्रदेश प्रमुख मोहन केसीले बताए ।

कार्यक्रममा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले बैंकले सबैको सहारा बचत खाता शिर्षकमा विभिन्न सेवा जनतालाई प्रदान गरेको भन्दै खुसी व्यक्त गरिन । गाउँघरमा पटुकीमा राख्ने पैसालाई आमाहरुले अव निशुल्क बैंक खातामा जम्मा गर्नुहुने र बैंकको सुविधा उपभोग गर्नुहुने उपप्रमुख तिवारीको अपेक्षा छ । कार्यक्रम बैंकका वालिङ साखा प्रमुख माधव पौडेललेको सञ्चलन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी सञ्चारकर्मी एवं विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->