पोखरा, १० बैशाख – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भएको प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको ित्रभुवन क्लब टिम च्याम्पियन भएको छ ।
सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो । गण्डकी प्रदेशले २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदककासाथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।
सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी ४ स्वर्ण पदक हात पारेको हो । गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्रीतर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।
एक्यरेसी इन्डिभिजुअल पुरुष तर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋषि जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए । गण्डकीका अनिष भट्टराईले ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे ।
सोही इभेन्टको महिलातर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन । गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अंक बटुल्दै काश्य पदक हात पारिन ।
एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ । गण्डकी प्रदेश १३४५ अंक प्राप्त गर्दै काश्य पदकमा चित्त बुझाएको छ । क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन । नेपाल आर्मीकै बिशाल थापाले २५५० प्राप्त गरि रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन ।
क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंक बटुल्दै रजत पदक हात पारिन । प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पदक पाइन ।
क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरि स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि काश्य पदक हात पारेको हो ।
यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।





