शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

¥याफ्टिङ खेलाडी आफ्नै खर्चमा वल्र्डकपमा सहभागी हुदै

¥याफ्टिङ खेलाडी आफ्नै खर्चमा वल्र्डकपमा सहभागी हुदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७६, मंगलबार

पोखरा,१० बैशाख – नेपालका ¥याफ्टिङ खेलाडीहरु वल्र्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय ¥याफ्टिङ महासंगको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने ¥याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा खेलाडीहरू आफ्नै खर्चमा सहभागी हुने भएका हुन ।
उनिहरु दुई महिनादेखी सती नदीमा अभ्यास गरिरहेका छन । राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता २०७५ बाट छनौट भएका खेलाडीहरु सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मियालाई टीम प्रशिक्षक निम बहादुर मगरले प्रशिक्षण गराइरहेका छन ।
नेपालको झण्डा लिएर विश्वका खेलाडीहरु माझ प्रतिस्पर्धामा जान लागेता पनि सरकारी निकायले चासो नदेखाउदा निकै दुख लागेको खेलाडीहरु बताउछन । खेलाडीहरुले ¥याफ्टिङ खेललाई नेपाल सरकारले अन्य खेलहरुलाई जस्तो सहयोग नगरेको र यसपटकको विश्वकपमा सहभागी हुनका लागी सम्पूर्ण खेलाडीहरु आफ्नै खर्च र नेपाल एजेन्सीज अफ ¥र्यािफ्टङ एसोशियसनको सहयोगमा अष्ट्रेलिया जान लागेको नेपाली ¥याफ्टिङ टिमका प्रमुख सुरज गुरुङले वताए ।
‘¥याफ्टिङ जस्तो शाहसिक र नेपालमा शाहसिक र पर्यटक भित्रयाउने खेललाई सरकारले वेवास्ता गरेको छैन, केही सरकारी कार्यालयहरुले सहयोगको प्रतिवद्धता पनि हाल सम्म सकाकारी निकायबाट सहयोग प्राप्त भएको छैन ।’ गुरुङले भने ।
प्रतियोगितामा सहभागी हुनका लागी ३४ लाख लाग्ने अनुमान गरिएको छ । त्रिसुली नदी आसपासका चितवन, धादिङ र गोर्खाका केही गाउपालिकाहरुले नेपालको प्रतिनिधित्व गरेर विश्वकपमा सहभागी हुने नेपाली टीमलाई सहयोग गर्ने प्रतिवद्धता भने जनाएका गुरुङले जानकारी दिए ।
चितवनको इच्छामनकामना गाउपालिका कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउपालिका गोरखा र शहिद लखन गाउपालिका घैरुङले सहयोग गर्ने प्रतिवद्धता गरेको र त्यहाबाट आउने रकमले केही हदसम्म आफुहरुलाई सहज बन्ने खेलाडीहरुले वताएका छन ।नेपाल सरकारले ¥याफ्टिङ खेललाई हेर्ने दृष्टीकोण नै भिन्दै रहेको नेपाल एजेन्सीज र्या्फ्टिङ एशोसियनका अध्यक्ष निम बहादुर मगरले वताए ।
‘सरकारले ¥याफ्टिङ खेललाई स्थापित र यसको विकास भन्दापनि यसलाई विस्थापित गर्ने गरी खोलानाला उत्खनन गर्ने कामहरु भइरहेको छ, सरकारले शाहसिक पर्यटकीय खेलकुदको गतिविधी ¥याफ्टिङलाई हेर्ने दृष्टीकोण नै फरक रहेको छ ।’ उनले भने,
हाल सम्मका प्रतियोगिताहरु विभिन्न ब्याक्ति तथा संस्थाहरुको सहयोगमा गरिरहेका छौ ।
यस पटकको वल्र्डकपमा आफुहरुले सरकारलाई जानकारी गराएको भएपनि सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएको मगरले वताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आगामी मे ७ तारिकको दिन अष्टेलिया प्रस्थान गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->