शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ह्याण्डबलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक

ह्याण्डबलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक


  • Dhorpatan News
  • बैशाख १० २०७६, मंगलबार

पोखरा, १० वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएको पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाईनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै समुहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो ।
त्यसैगरी महिलातर्फको ह्याण्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । फाइनल खेलमा आर्मीले एपिएफलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।
महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । मंगलबार बिहान तेश्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । यसैबिच, पुरुष तर्फको ह्याण्डवल खेलमा त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ । मंगलबार बिहान भएको खेलमा आर्मीले प्रदेश नं ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो । वैशाख ५ गगे देखि उक्त प्रतियोगिता सुरु भएको थियो ।
यता, गण्डकी प्रदेशले आर्चरी खेलमा ५ स्वर्ण ४ रजत ३ कास्य पदक सहित १२ वटा पदक हात पार्न सफल भएको छ । आर्चरीमा त्रिभुवन आर्मीले भने ५ स्वर्ण २ रजत र ५ कास्य पदक सहित ११ पदक हात पार्न सफल भएको प्रशिक्षक योगेन्द्र शेरचनले बताए । आर्चरी खुल्ला भएकोले उक्त मेडलको प्रतियोगितामा गणना नहुने भएको छ । हालसम्म गण्डकी प्रदेशले आर्चरी बाहेक ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।
सुटिङमा दुई स्वर्णसहित एक रजत
नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुटिङ खेलमा गण्डकी प्रदेशले २ स्वर्ण र एक रजत पदक हात पार्न सफिल भएको छ ।
एकल महिला तर्फ एयर पेष्तोलमा श्रृया केसी र उक्त ईभेण्ट पुरुषतर्फ विजय कार्कीले स्वर्ण पदक हात पार्दा समुह तर्फ गण्डकी प्रदेशले रजत पदक ल्याउन सफल भएको ओलम्पियन तथा प्रशिक्षक भगवती केसीले बताइन् । समुहमा श्रृया केसी र के. बी. पुन रहेका थिए । हालसम्म गण्डकी प्रदेशले आर्चरी बाहेक ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->