शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ट्रायथलन पोखरामा

ट्रायथलन पोखरामा


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७६, शुक्रबार

पोखरा,१३ बैशाख – पोखरामा आउँदो शनिबार एयिशन कप ट्रायथलन प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायाथलन संघको आयोजनामा फेवातालमा हुने प्रतियोगितामा जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु सहभागि हुनेछन् । तीमध्ये केही नेपाल आएका छन् भने जापानी र कोरियन खेलाडीहरु पोखरा नै आइपुगेका छन् । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धामा सबैभन्दा बढी खेलाडीहरु जापानका रहेका छन् । जसमा विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रीय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले रहेका छन् । पुरुषतर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पुरुष तर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बशन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्नेछन् भने महिला तर्फ सोनी गुरुङ्ख र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने छन् ।
ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->