पोखरा,१३ बैशाख – फलफुलहरु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छन् । फलहरूमा केरा धेरैलाई मन पर्ने गर्दछ । यसले शरीरलाई ऊर्जा दिन्छ । केराको नियमित सेवनले गम्भीर बिरामीबाट हामीलाई छुटकारा समेत मिल्ने गर्दछ ।कालो दाग लागेको केराको बोक्रा हेरेर हामी कुहिएको होला भन्ने अनुमान गर्दै खाँदैनौं तर तिनमा नै धेरै लाभदायक तत्व लुकेको हुन्छ । केरा मजाले पाकेको लक्षण हो यस्तो कालो दाग । यसरी राम्ररी पाकेको केरा खाँदाका फाइदाहरू जानिराखौंमजाले पाकेको केराले हाम्रो शरीरमा भएको क्यान्सरसँग लड्न मद्दत गर्छ । वास्तवमा पाकेको केराको बोक्रामा भएका काला दागले टिएनएफ तत्वसँग लड्ने क्षमता राख्छ । टिएनएफ भन्नाले ट्युमर नेक्रोसिस फ्याक्टर हो जुन क्यान्सरको कारण बन्न पुग्छ । यसरी शरीरमा क्यान्सर जन्माउने तत्वसँग लड्न केराको सेवन उपयोगी हुन्छ ।
केरा पाक्दै गएपछि त्यसमा भएका पोषक तत्व पनि बढ्दै जान्छन् । यसमा पोटेसियम, भिटामिन बी६, फाइबर र एन्टीअक्सिडेन्ट प्रचूर मात्रामा पाइन्छ । पाकेको केरा खाँदा पाइने ऊर्जाले तपाईँलाई फुर्तिलो बनाउँछ । यो खाएको एकछिनसम्म तपाईँले केही नखाएपनि ऊर्जा घट्दैन । काँचो केरा खाँदा भने खासै ऊर्जा आउँदैन । एजेन्सी





