शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एथलेटिक्समा पर्वतलाई दोस्रो स्थान

एथलेटिक्समा पर्वतलाई दोस्रो स्थान


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७६, शनिबार

पर्वत,१४ बैशाख – नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको एथलेटिक्स खेलमा पर्वत जिल्लाले दोस्रो स्थान हात पारेको छ । पर्वतको फलेवास नगरपालिका २ थापाठानाका अनिश थापा मगरले १० किलोमिटर दौड ३१ मिनेट ९ सेकेण्डमा पार गरि दोस्रो स्थान हात पार्न सफल भएका हुन् ।

विभागिय र एनआरएनका गरि १० टिमको सहभागिता रहेको प्रतिस्पर्धामा मगरले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सफलता दिलाएका हुन् । मगरले ५ किलोमिटरको दौडमा १४ मिनेट ५७ सेकेण्डमा पुरा गरि तेस्रो स्थान समेत हात पार्न सफल भएको पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिए ।

समितिले विभिन्न विधामा भाग लिनका लागि खेलाडी छनौट गर्ने तथा आवश्यक प्रशिक्षण लगायतका क्षेत्रमा राम्रो सहयोग गरेको गुरुङ्गले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->