स्याङजा ,१६ वैशाख – भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले जमीन बाँझो राखेर समृद्धि नआउने बताइन। देशलाई आत्मनिर्भर बनाउनुका साथै समृद्धि हासिल गर्नको लागि गाउँगाउँमा भएका सबै जमीनको सदुपयोग गरेर हराभरा बनाउन सके मात्रै आत्मनिर्भर बन्न सकिने भएकोले अब गाउँगाउँबाट समृद्धिको अभियानको सुरुवात गर्नु पर्ने उनको भनाई थियो । मन्त्री अर्याल वालिङ नगरपालिका वडा नं. ११ को टापु भञ्याङ राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै थिइन।
र्काले हेपेर दिएका चिजहरु नेपालको लागि स्वीकार्य नहुने मन्त्री अर्यालको भनाइ रहेको छ ।
मन्त्री अर्यालले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै सरकार एक पालिका एक प्राविधिक शिक्षालयको स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको बताउदै जन स्तरबाट पनि प्रविधिक शिक्षालयको स्थापनाको लागि पहल हुनु सराहनिय कार्य भएको र महायज्ञमा संकलित रकमले प्राविधिक शिक्षालयको स्थापना गर्नु निकै सकरात्मक पक्ष भएको बताइन । शिक्षालयबाट टाढा टाढा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै छात्राबास सहितको प्राविधिक शिक्षालय स्थापनाका लागि सकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।




