पोखरा ,१९ बैशाख – मणिपाल शिक्षण अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर एक सातादेखि खेलकुद प्रतियागिता आरम्भ गरेको छ । म्यराथुन ,फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, टेबलटेनिस सहित खेलकुद प्रतियोगिता गरिएको हो । प्रथम डीन कप खेलकुद प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गरेका थिए ।अस्पतलाका डाक्टरहरु बिच परस्पर सम्बन्धको बिकास गर्नका लागी सो खेलकुद आयोजना गरिएको बताईएको छ । बिजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।





