शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोला गाउँपालिकामा शैक्षिक सफ्टवयर

फेदीखोला गाउँपालिकामा शैक्षिक सफ्टवयर


  • हिमलाल पराजुली
  • बैशाख २३ २०७६, सोमबार

स्याङ्जा, २३ वैशाख – फेदिखोला गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका विद्यालहरुको विवरण सफ्टवयरमा राख्न सुरु गरेको छ । आज शिक्षा विद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले गाउँपालिकाले सञ्चालनमा ल्याएको शैक्षिक म्यानेजमेन्ट सफ्टवयरको उद्घाट गर्दै अब परम्परागत तरिकाले शिक्षामा सुधार नहुने भन्दै शिक्षामा नयाँनयाँ प्रविधिको विकास र भएका प्रविधिहरुको सक्दो प्रयोग गर्नु पर्ने बताउनुभयो । कर्मकाण्डी तरिकाले अध्यापन गराउनु भन्दा यो पेशाबाटै विदा लिन उपयुक्त हुने बताउदै अबको युगमा प्रविधिमैत्री हुन नसके गुणस्तरीय नतिजा ल्याउन नसकिने बताउनु भयो । कोइरालाको भनाइ थियो । ‘शिक्षक राजनीतिमुक्त, प्रविधियुक्त हुन पर्छ यो नै अहिलेको आवश्यक आवश्यकता हो’ ।
गाउँपालिका भित्र रहेका सबै विद्यालयको तथ्यांक, विद्यार्र्थी रेकड, विद्यार्र्थी प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टवेरमा राखिने र सबै अभिभावकलाई मोवाइल एप्स प्रदान गरीने गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भयो । अध्यक्ष सुवेदीले भन्नु भयो अव कुनै शिक्षक वा कर्मचारीले ढिला सुस्ती गर्ने वा ठग्ने भन्ने हुदैन सबै कुराको अनुगमन सफ्टवयरका माध्यामबाट हुने भएकोले शिक्षामा सधार हुने अपेक्षा गाउँपालिकाको रहेको छ ।
गाउँपालिका भित्र २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकाश रहेका छन् । स्कुल म्यानेजमेन्ट सफ्टवयरको उद्घाटन संगै गाउँपालिका भित्र रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकाश शिक्षक हरुलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण तालिम समेत प्रदा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->