बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उर्जामा परनिर्भरता हटाऊँ

उर्जामा परनिर्भरता हटाऊँ


  • Dhorpatan News
  • बैशाख २५ २०७६, बुधबार

गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ अर्थात मनोरञ्जन क्षेत्रको प्रस्ताव अगाडि सारेको छ । यहाँको पर्यटन मन्त्रालयले पोखराको पामेभन्दा माथि र भदौरेभन्दा तलको क्षेत्रमा यस्तो क्षेत्र बनाउन सकिने प्रस्ताव गरेको छ । यो योजना कार्यान्व्यनको लागि मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गर्ने जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयअघि अगाडि सारेको रेडलाइट एरिया अर्थात सजिलै यौन क्रियाकलाप गर्न पाइने ठाउँ निर्माण गर्ने भनाईमा टेकेर अहिले इन्जोय जोनको कुरा उठाइएको हो ।

सन् २०२२ सम्म पोखरामा २० लाख पर्यटक भित्र्याउन लक्ष्य प्राप्तिको लागि इन्जोय जोन आवश्यक छ भन्ने पर्यटनमन्त्रीको तर्क रहेको छ । यतिबेला पर्यटन मन्त्रालयले इन्जोय जोनसहित पर्यटकीय पूर्वाधार थप्नको लागि बिस्तृत योजना प्रतिवेदन तयार पार्न बजेट ९ करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाटै गण्डकी प्रदेशमा अन्य पर्यटकीय सम्भावनाहरु खोज गरिने मन्त्रालयको भनाई छ । चालु अंग्रेजी वर्षलाई गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरेको छ । घोषणा भएको ५ महिना पुग्दा पनि भ्रमण वर्षले गति लिन सकेको छैन । घोषणा कागजमा सीमित छ । पर्यटन व्यवसायीहरुले घोषणा किन भन्ने प्रश्न उठाउन थालेका छन् । यस्तो अवस्थामा सरकार भने कहिले इन्जोय जोन, कहिले के भन्ने नारामै रुमल्लिएको छ । लक्ष्य प्राप्तिको लागि यही सुस्त गति तगारो बन्न पुगेको छ ।

पर्यटन मन्त्रालयले अहिले तयार पारेको इन्जोय जोनको अवधारणालाई पनि यथार्थतको कसीमा राखेर जाँच्नुपर्ने हुन्छ । नेपाल अहिलेसम्म पनि साहसिक पर्यटनमा आधारित रहेको छ । अन्नपूर्ण हिमालको सफल आरोहणबाट सुरु भएको नेपालको पर्यटनमा हिप्पीहरुले नयाँ रुप दिए । यहाँको शितलता, सुन्दरता अनि साहसिक गन्तव्यमा उनीहरु रमाए । नेपालमा ह्वारह्वारर्ती पर्यटक आउन थालेपछि मात्र भौतिक संरचनाहरु बने । पर्यटकीय होटलहरु खुले । नेपाल आउनेमध्ये ६० प्रतिशत पर्यटकरु पदयात्रामै रमाउने गरेको तथ्याङ्क रहेको छ । पदयात्रा मार्गहरु धुले सडकले खाइदिएका छन् । नयाँ पदयात्रा मार्गको विकास हुन सकेको छैन । नेपाल आउने पर्यटकको बसाई लब्याउन सकिएको छैन । द्धन्द्धबाट गुज्रेको श्रीलंका र भर्खरै पर्यटन उद्योग थालेको भुटानले नेपाललाई उछिनेका छन् । अहिले साहसिक यात्रा चाहने पर्यटकहरु भुटानतिर लागेका छन् । भुटानले थोरै पर्यटक भित्र्याएर पनि मनग्ये आम्दानी गर्न सफल भएको छ । नेपालबाटै सिकेको भुटानले गरेको प्रगतिबाट अब नेपालले सिक्ने कि नसिक्ने ? गन्तव्यको प्रचार नै नगर्ने, कनेक्टीभिटी अर्थात यहाँ आउन सजिलो हुने हवाई र अन्य मार्गको विकास नै नगर्ने अनि हामी यस्तो र उस्तो काम गर्छौँ भन्नु पोल्टाको गुमाएर हातको इसारा लगाउनु सिवाय केही होइन भन्ने अब बुझ्नैपर्छ ।

पर्यटकको बसाई लम्ब्याउन पूर्वाधार चाहिन्छ। हो, पर्यटकहरु मनोरञ्जन चाहन्छन् । घर छाडेर हिँडेको मान्छे अनुशासनका घेरा तोडेर रमाउन चाहन्छ । तर, सबै पर्यटकहरु त्यस्ता हुँदैनन् । मुक्तिनाथ दर्शनमा जाँदा र थाइल्याण्डको समुन्द्री किनारामा रमाउँदाको क्षणमा मान्छेको मनोभाव एउटै हुँदैन । त्यो नेपालीले पनि अनुभव गरेका छन् । हो, नेपालको पर्यटन उद्योग कस्तो बनाउने भन्ने सोच्ने पनि यही बिन्दुबाट हो । हामी कस्ता पर्यटक चाहन्छौँ ? यौनजन्य क्रियाकलाप गर्ने, पदयात्रामा जाने वा लागूऔषधमा रमाउने ? यो सोचनीय प्रश्न हो । हाम्रो सामाजिक र धार्मिक परिवेश अर्को महत्वपूर्ण पक्ष हो ।

हाम्रा संस्कार, संस्कृतिभन्दा बाहिर गएर पैसाको लागि मात्र इन्ज्योय जोन निर्माण गरियो भने त्यसले कालान्तरमा पार्ने प्रभाव कस्तो हुन्छ भन्ने आँकलन नै नगरि गरिने निर्णयहरुले न त दीगो आर्थिक विकास कायम गर्न सकिन्छ न त यस्ता परियोजनाले सोचेजस्तो लाभ नै दिन्छन् । बरु, हाम्रो साँस्कृतिक मान्यताहरु धरासायी पार्ने यस्ता निर्णयहरुको ठूलो मूल्य चुकाउनुपर्छ । नीति निर्माताले बेलैमा सोच्नुपर्छ । कुरा दुई–चार पैसाको हैन, कुरो मूल्य, मान्यता र संस्कृतिको संरक्षण अनि आर्थिक विकासको पनि हो । पर्यटन मन्त्रालयले यो विषयलाई गहन रुपमा लिनैपर्छ । इन्जोय जोनको नाममाा वेश्यालय खोल्नुभन्दा साहसिक पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्नेतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->