बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आशन ग्रहण र भाषण ग्रहणको गोलचक्कर

आशन ग्रहण र भाषण ग्रहणको गोलचक्कर


  • राजेशचन्द्र राजभण्डारी
  • बैशाख ३० २०७६, सोमबार

हिले मुलुक आशन भाषण अनि शासनको गोलचक्रमा घुमिरहेको छ भन्दा फरक नपर्ला । साँच्चै अहिले जसलाई पनि जहाँ पनि आशन नै चाहिएको छ । गाउँदेखि शहरसम्म हुने कुनै पनि कार्यक्रममा भाषण गर्ने ठाउँ नै चाहिएको प्रधानमन्त्रीदेखि मन्त्री सांसद नेताहरू सबै सबैलाई । जुनसुकै ठाउँमा नै किन नहोस्, मान्छेलाई भाषण गर्नु पर्ने केही कुरा भनिहाल्नु पर्ने ! न त अहिले गरिने भाषण समय सान्दर्भिक , न त कुनै समाजलाई मार्ग निर्देशन दिने खालको नै हुन्छन् । बस् ! कार्यक्रम जानुपर्ने,सके प्रमुखअतिथी,नसके बिशिष्ट अतिथि भए पनि बनिहाल्ने । यदि त्यो अवसर मिलेन भने मन्च अतिथी भनेर भए पनि आशनग्रहण गर्नुपर्ने नयाँ खालको चलन चलेको छ ।
साँच्चै मुलुकमा यतिबेला संघीय गणतन्त्र चलिरहेको छ ।अहिले गाउँगाउँमा सिँंहदरबार पुगेको भनेर धुमधामसँग प्रचारप्रसार भइरहेको छ । तर, काम व्यवहार भने पुरानो नै कायमै छ । अहिले सरकारले नयाँनयाँ मर्यादाक्रम बनाउँदै जिल्लामा पठाउन नपाउँदै केन्द्रमा नयाँ मर्यादाक्रमको लिष्ट आइसकेको हुन्छ ।अहिले गाउँगाउँमा जिल्लामा कार्यक्रम गर्ने आयोजकलाई कार्यक्रममा मर्यादाक्रम मिलाउन नै १२ बज्ने गरेको तथ्य सबै सामु छर्लङ्ग छ । अहिले मान्छेले मान्छेलाई मान्ने कुरा छाडेर जबर्जस्ती रूपमा लाद्ने काम भइरहेको देखिन्छ ।अहिले गाउँ देखि जिल्ला, प्रदेश र राजधानीमा समेत कुनै पनि कार्यक्रम निर्धारण गरेको समयमा सुरूवात नहुने, अर्को सुरु नै भए पनि धेरै समयपछि मात्रै सुरु हुने अनि अबत कार्यक्रम शुरूवात हुने भयो भनेर जब मान्छेहरू बस्छन् तब कार्यक्रममा आशन ग्रहण शुरूवात हुने अनि थोरैमा ६५ जना धेरैमा दुई सय जनालाई आशन ग्रहण गराउन बाध्य आयोजक यो कुरा सारा दुनियाँलाई थाहा भएको कुरा हो । एकजना कार्यक्रम संचालक धेरै जनाको दवाब र प्रभावमा पर्न बाध्य छ ।आशन ग्रहण गराउन नै घटिमा आधा घण्टा लाग्छ अनि ब्याच खादा माला अनि टीका लगाउदै थप आधा घण्टा समय त्यसै खान्छ ।यो अहिले हाम्रो देशको प्रमुख रोग हो ।

साच्चै हामी सबैलाई ठूलो मान्छे बन्नुपरेको छ त्यसको लागि कार्यक्रममा अतिथि बन्नुपर्ने अनि जानि नजानि केही कुरा बोल्नु पर्ने । हामी सामन्ती संस्कृतिमा हुर्किदै गइरहेका छौँ । देशमा राजा छैनन् अहिले नेपाली जनताको छोरी राष्ट्रपति छन् । मुलुकमा संघीयतामा गएको पनि दुई बर्ष बितिसक्यो । हाम्रो सोचमा कुनै परिवर्तन आएको छैन ।अहिले जबर्जस्ती मान्छेलाई समाजसेवी बन्नु परेको छ कार्यक्रम आयोजना गर्ने मान्छेले पनि अलिकति पैसा दियो भने त्यो ब्यक्तिलाई जबर्जस्त समाजसेवी भनेर माइकबाट प्रचारप्रसार गरिदिने अर्को गलत कामको शुरूवात भएको छ ।अहिले कुनै पनि कार्यक्रम जसले बढी रकम सहयोग ग¥यो, उसलाई प्रमुख अतिथि बनाउने अनि जाने पनि नजाने पनि भाषण गर्न दिनुपर्ने गलत परम्पराको बिकास गरिरहेका छौँ ।
अलिकति पैसा कमाएका नेपाली पुरानो भाषालाई सापटी लिने हो भने टुप्पोबाट पलाएका धनी भनेर दावी गर्ने मान्छे कै दबदबाब चलिरहेको छ । हामी तिनै टुप्पोबाट पलाएका नयाँ जोगीको गुणगान गरेरको हेर्न सुन्न बाध्य छौँ । त्यही नक्कली मान्छेका ङिच्च परेर हाँसेको फोटो पत्रिकामा छापेर पत्रिकाका पाना भरिरहेका छाँै । टेलिभिजनमा त्यही पात्रको अनुहार देखाइरहेका छौँ ।साँच्चै समाजको लागि योगदान गर्ने मान्छे ओझेलमा पर्दै गइरहेका छन् ।यदि कसैले कार्यक्रम चलाउने बेलामा त्यस्ता घिनलाग्दो मान्छेको बारेमा राम्रोसँग सयौं पटक समाजसेवी भनेर बखान गर्न नसके पछि कार्यक्रम संचालन गर्ने ब्यक्तिलाई धम्की दिने गरेको पनि बेलाबेलामा कुरा बाहिर आउछ । चाहिने नचाहिने जो कसैलाई पनि भाषण गर्न दिनुपर्ने बाध्यता आयोजकलाइ छ । यही बाध्यताको फाइदा टप्परटुइँया मान्छेहरूले उठाउने गरेकाछन् ,जुन कुरा सारा दुनियाँ लाई थाहै भएको बिषय हो ।
एकातिर काठमाडौमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण सुन्ने हो भने ‘सम्मृद्ध नेपाल ः सुखी नेपाली’ सबै भएर पनि मुलुक यतिबेला धनी देशको सूचिमा पर्ने बेला भइसक्यो ।नारा निकै सुन्दर छन् काम र व्यवहार भने त्यसको ठीक बिपरित छन् ।साँच्चै त्यो नारालाई सफल बनाउने हामीसँग के के कार्यक्रम छन् भनेर कसैले सोध्यो भने हामीसँग कुनै जवाफ छैन ।अहिले युवा जनशक्ति कामदारको रूपमा विदेशी लाइ बिक्री गरेर कहाँबाट समृद्ध नेपाल हुनसक्छ ? कसरी सुखी नेपाली हुनसक्छ ? यसको जवाफ प्रधानमन्त्री ओलीसँग पनि छैन । साँच्चै हामी यतिबेला कुहिरोको काग बनिरहेका छौँ । त्यहीँ बादलभित्र अलमल परिरहेका छौँ, बाहिर निस्कने बाटो पनि छैन ।जताततै लथालिङ्ग, जताततै बेथिति छ । हाम्रो अबस्थामा परिवर्तन छैन । अहिले पनि हामी यहीँ परम्परागत भन्दा पनि नक्कली काम धन्दामा लागिरहेका छौँ । यसलाई तोड्ने साहस र हिम्मत देखाउन जरुरी छ ।
अहिले हामीलाई मर्यादाक्रम चाहिएको छ ।हामी को हौँ र हाम्रो हैसियत के हो भन्ने कुराको हेक्का हामीसँग छैन ।बस् ,कार्यक्रममा आशन ग्रहण गराउनु पर्ने ,माला र अबिर अनि ब्याच लगाउनु पर्ने अनि भाषण पनि गर्नुपर्ने जुनखालको संस्कार एवं संस्कृतिको बिकास भएको छ, यसलाई बढवा दिनेभन्दा अबको दिनमा कार्यक्रम ठीक समयमा शुरूवात गर्ने छोटो मीठो छरिटो बनाउने गर्ने तर्फ सबैले सोच्न जरुरी छ ।
जबसम्म हामीले काममा बिश्वास गर्दैनौँ तबसम्म देशमा आर्थिक प्रगति हुनेवाला छैन । नुनदेखि सुनसम्म, जिरा देखि हीरासम्म, दाल, चामल, खसी÷बोका तरकारी, फूल सबै बाहिरबाट डलरको मूल्ययमा ल्याउने काम गरिरहेका छौँ यसलाई जबसम्म कम गर्दै जान सक्दैनौं तबसम्म खोक्रो भाषणले केही हुनेवाला छैन ।अब हामीले आशनग्रहण भाषणग्रहणलाई कम गर्न सक्यौं भने मात्रै केही परिवर्तन गर्न सकिन्छ कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->