मदन भण्डारीको २६ औ पुण्य तिथि जेष्ठ ३ गते उनका सहकर्मि र बिचार बोध कर्तालाई भावुक बनाई दिन्छ । उनले कम्युनिष्ट आन्दोलन लाई विश्व पुजिबादमा नयां ढंगले परिभाषित गरे र करीब तीन दशक नेपाली कम्ययुनिष्ट आन्दोलन लाई लोकतान्त्रिकरण गरे । बिचार र भाबुकताको राजनिति भन्दा ब्यक्ति स्वार्थको राजनितिमा आम दल दल फसेको छ र यिनै लोकतान्त्रिक बिचारको जबज बिजारोपणमा मन्द बीष बमन गरि राजधानिमा एकथरी बर्ग माफियाको चंगुलमा फसेको सत्य लाई कुनै दिन बाहिर प्रकट नहोला भन्न सकिँदैन। मदन आश्रीतको चितवनमा दास ढुंगा जीप दुर्घटना भएपछि उनिहरुलाई स्मरण गरिने प्रचलन छ। किन भने उनी कम्युनिष्ट आन्दोलन लाई जनताको बहुदलिय जनबाद ९ जबज० मा खुल्ला लोकतान्त्रिक प्रणाली बाट बामपन्थि राजनितिको बिचार बिजारोपण गरे, जबजको कार्यदिशा बाटो सहि, गलतरु मतभिन्नता हुनु स्वभाबिक छ। जुन भबिश्यको छितिज चुम्ने यात्राले छिनाफानो गर्दै जाने छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सन् २००६ शालमा पुष्पलाल लगायत केही अग्रज ब्यक्तिहरुले गरेका थिय। कम्युनिष्ट पार्टी निर्काण पछी बाममन्थि सबै घटकहरुले निरंकुशता बिरुद्व प्रजातन्त्र प्राप्तिका लागि अग्रपंक्तिमा रहेर बलिदानि पुर्ण संघर्षहरु गरेको इतिहास साक्षी छ। इतिहांसको कालखण्डमा राणा देखि पंचायति तनाशाहा बिरोधि आन्दोलनमा नेपाली कांग्रेस संग समेत सहकार्य गरेर कालरात्री लाई चिर्न संखघोस गरेका थिय। जुन जबजको बाटो थियो भन्दा अतिशाय नहोला।
शान्तिपुर्ण आन्दोलन चलाएर कम्युनिष्टहरु अघि बडेपनी केही घटकहरुले सशस्त्र संघर्ष र जनताको खातिर बलिदानि भाबको आवश्यकता बोध गरिरहे। मुलतस् हतियार र बन्दुकको नालले सत्ता कब्जा गर्ने र शान्तिपुर्ण जन संघर्षका उपलब्धिहरु लाई रक्षा गर्दै नया शिरा बाट आन्दोलन गरी अघि बड्ने दुई भागमा बिभाजन भए। यसरी लोकतन्त्र रणनीतिक मात्र हुने तथ्यलाई हतियार सहितको युद्व मोहले आखा चिम्लने अवस्था निर्माण भएको थियो। नेपाली भुबनौट र राष्ट्रिय अन्तराष्ट्रिय परिबेश अनुसार आत्मगत र बस्तुगत अवस्थाको ठोस बिष्लेषणमा बामपन्थि आन्दोलन दुई किनाराका उभियो। यसले एकातिर एमाले लगायत हतियार नउठाउनेहरु मुलतस् जबजको रणनिति अख्तियार गरे, अर्को तिर रुसि र चिनियाँ क्रान्तिको बाटो सशस्त्र संघर्ष बाट प्रभाबित भए। यस अवस्थामा बिस्तारै एक अर्को लाई आरोपित गरिरहे। प्रजातन्त्र र लोकतान्त्र आए पनि यसको रक्षा गर्दै अघि बड्ने कुरामा दुबिधा भयको देखिन्थ्यो।
बहुदल पछि भुमिगत बाट खुल्ला राजनितिमा आएका मदन भण्डारीको पहिचान भयो। उनको पहिचान जबज र त्यस अनुरुप कशल बक्ताको रुपमा चिन्दथे। मासबिश्व प्रसिद्व अमेरीकाको पत्रिका बक्ताको रुपमा थियो। न्युजविकले प्रशंसा गर्दै ू कार्ल मार्क्स लिभ ईन, नेपाल भनेर उनको यक बार्ता छापियको थियो। मदन भण्डारी जबजको ब्याख्याता र सपदान्तकारको रुपमा स्विकारोक्ति गर्ने त्यस सिद्वान्तलाई फिजाउने कुशल संगठक जिवराज आश्रीतको बिचार बोकेर लगतार पाईलाहरु चाल्ने ठुलै जमात मार्गदर्शक बनेको छ। जबज लाई २०५४ शालदेखि खास गरि त्तकालीन नेकपा एमालेले मार्गदर्क सिद्वान्तको रुपमा स्विकारोक्ति गरेका थिए। बिस्वभर पुजिबादले स्खलित गर्दै लगेको कम्युनिष्ट आन्दोलन लाई लोकतान्त्रिक बामपन्थि आलोकमा उभियपछिभण्डारीको यो बिचार र योगदान लाई सापेक्षीक सार्थकता पायो। मुलत उनको यो बाटो समाजबादमा पुग्न तत्कालीन लोकतान्त्रिकरण शान्ति र प्रगतिको सुधारबादी बाटो थियो । सर्वथा लोकतान्त्रिक अभ्यास लाई बिश्वब्यापि मान्यता स्थापित भई सकेको परिप्रेक्षमा लोकतन्त्र र माक्रस्बाद लाई संस्लेषण गरि यौटा प्रगतिशिल लोकतान्त्रिक रणनिति भएकोले खुल्ला समाज निर्माण गरि मानव अधिकार लाई स्विकनर गर्ने यो बिचार अरु लोकतान्त्रिक दल भन्दा आमुल पृथक नभएकोले यसको स्विकारोक्ति र समर्थन पाउनु स्वभाबिक पनि थियो। यसै लाई जबज क्रान्तिको रणनिति र बिचारको बाटो अबलम्बन गरिएको थियो।मदन भण्डारीकने सिद्वान्तमा लोकतन्त्र, माजब अभिकार, सामाजिक न्याय, खुल्ला समाज निर्माण, र कानुनि शासन जस्ता बिश्वब्यापि लोकतान्त्रिक मान्यता लाई आत्मासात गर्नु हो। जसलाई मननब अधिकार बिश्वब्यापि घोषणाले समेत स्विकार गरेकोले पाच्य भएको हो।
जबजमा नया संकिधान अनुरुपको राज्यब्यवस्था र राज्य ब्यवस्गा अनुकुल कानुनि शासनको परिकल्पना रहेको छ। उनको संस्लेषणमा राजनितिक प्रणाली भएमा दलको बिचार फेरिय पनि नोक्सान गर्दैन भन्ने हो। तर नेपालको बर्तकान अवस्थामा संविधान बदलियो, तर व्यवहार बदलियन,रु नेतृत्व र नेता बदलियो तर प्रणालिले पनि ह्वातै काम गर्न नसकेको आभास जनमानसले भोगेका छन। मदन भण्डारी निरंकुश राजतन्त्र लाई खुल्ला चुनौती दिएका थिय उनी निडर भाषणमा र मास परिचालनमा थोरै समय भएकोले पनि चमत्कारी बने। मदनको २६ औ स्मृतिमा स्मरण गर्दा उनको पुर्ण माक्रसबाद लेनिनबादी बिचार नभई आफ्नै जबज र प्रचलित लोकतान्त्रिक संश्लेषणको बिचारक भएकाले उनको बिचारमा समय सापेक्ष विश्लेषण गरि स्मरण गरिनु पर्दछ किन कि क्रान्ति र युद्वमा होमिएको माओबादि र सान्ति सम्झौता गरि प्रकट भएको नेतृत्व प्रचण्डपथ समेत आलोचनात्मक बिचार सहित बहष गर्दै ऐक्यबद्व भएर प्रकट भएका छन। मदनको सिद्वान्त शान्तिपुर्ण जनताको आन्दोलन गरि क्रान्ति, क्रान्तिलाई आधारभुत लोकतन्त्रिकरण र बिश्वब्यापि मानव अधिकार अबलम्बन, लोकतान्त्रिक पद्वति बाट समाजबादको पथमा मार्ग प्रशस्त गर्नु हो। यधपि, लोकतन्त्र, मानव अधिकार, बिधिको शासन भने बिश्व र नेपालको लोकतान्त्रिक दलहरुको सर्बोपरी मान्यता स्थापित गरेकोले कम्युनिष्टहरु बिच यो बिचार लाई धर्विकरण हुनु पर्ने तर्क गरेका छन। तर यसले लामो ईतिहास कायम गरेता पनि बर्तमान नेकपा ले यो बिचारको बिराशत र ब्याबहार लाई कसरी ग्रहण गर्दै संश्लेषण गर्ने हो यात्रा जारी छ। थापा सामाजिक अभियान्ता यवं लेखक हुन।




