शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

विद्यार्थीलाई छात्रवृत्ति वितरण

विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • हिमलाल पराजुली
  • जेष्ठ ४ २०७६, शनिबार

स्याङ्जा, ४ जेठ -टिका रोमा कोइराला स्मृति कोष वालिङ नगरपालिका १३ थान्पाटाले शुक्रवार पाँचौ स्मृति दिवसको अवसर पारेर वालिङ बहुमुखी क्याम्पसमा १२ कक्षामा कम्प्युर साइन्स अध्ययन गर्ने आठ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कोषले क्याम्पसमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको छनोट गरी प्रत्येक विद्यार्थीलाई रु पाँच हजारका दरले प्रदान गरेको हो । छात्रवृत्ति हस्तान्तरण गर्दै गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विद्यार्थीलाई हौसला प्रदान गर्ने कार्य गरेको भन्दै टिका रोमा कोइराला स्मृति कोषले शैक्षिक क्षेत्रमा कोष मार्फत सहयोग गरेकोमा धन्यवाद दिए ।
कोषका अध्यक्ष दिनेशकुमार कोइरालाले कोषले शिक्षा, पत्रकारिता, गायन लगायतका क्षेत्रमा रहेका प्रतिभाहरुलाई प्रत्येक वर्ष पुरस्कृत एवं सम्मान गर्दै जाने बताउदै कोषमा जम्मा भएको रकम बाट जम्मा हुने वियाजबाट ७५ प्रतिशत रकम छात्रवृत्ति एवं सम्मानमा खर्च गरिने र २५ प्रतिशत कोषमा नै जम्मा गर्दै जाने जानकारी दिए ।
समाजसेवी दिनेश कोइराला छोरी छोरी रिता कोइराला ज्वाइ जिनक तिवारी लगायत घर परिवारले आमा र श्रीमतीको स्मृतिमा २०७१ सालमा टिकारोमा कोइराला स्मृति कोषको स्थापना गरेर प्रत्येक वर्ष छात्रवृत्ति एवं पुरस्कृत गर्दै आएको संस्थाका सदस्य जनक तिवारीले जानकारी दिए । कार्यक्रममा वालिङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष आनन्द पाठक क्याम्पस प्रमुख सचितानन्द यादव लगायतले बोलेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष दिनेशकुमार कोइरालाको अध्यक्षता र सचिव एकनारायण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->