स्याङ्जा,६ जेठ – भिरकोट नगरपालिका १ बयघारीमा स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रम गरेको छ । भिरकोट नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा ३ जना साहित्यिक स्रष्टालाई सम्मान गर्नुका साथै दुई दर्जन सहित्यकारले रचना बाचन गर्नु भएको थियो । प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको कालीगण्डकी साहित्य कला पुरस्कार—२०७५ बाट मोरङको विराटनगरमा रहेर नेपाली भाषा साहित्यको समालोचना विधामा क्रियाशील वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई समर्पण गरिएको हो । २०५३ सालमा साहित्य प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशी १५ हजार पाचँ रुपैयाँ रहेको छ । प्राज्ञ सुबेदीले समालोचक संग्रहहरु नेपाली वाङ्मयबका बिशिष्ट सधाक(२०४४), प्रतिभा र प्रस्तुति(२०४५), रचना र अबलोकन(२०५३), अध्यन र मुल्याङकन(२०६१), बिपी कोइरालाको समग्र अध्ययन(२०५१), बिराटनगरको संक्षिप्त इतिहास(२०५३), अनुभब र अनुभुति(निबन्ध सग्रह २०६२), तिर्थययात्रा(धर्मसस्कृति २०६७) लगायतका पुस्तक प्राकाशित भएका छन् । प्राज्ञ सुबेदीले ५० भन्दा बढि पुस्तक तथा पत्रिकाको सम्पादन गर्नु भएको छ भने २ दर्जन सामाजिक एवं साहित्कि संस्थामा आबद्ध रहनु भएको छ । प्राज्ञ सुबेदीले साहित्यमा गरेको योगदानको मुल्याङकन गर्दै बिराटनगरमा नागरिक अभिनन्दन गरिएको थियो ।सुबेदीले नेपाल प्रज्ञा प्रतिष्ठनभाषा साहित्य पुरस्कार, नेपाली शिक्षा परिषद पुरस्कार प्राप्त गर्नुका साथै दुई दर्जन पुरस्कार प्राप्त गर्नु भएको छ । यस्तै यानिती गिरी स्मृति साहित्य पुरस्कार—२०७५ बाके जिल्लाको नेपालगन्जमा रहेर नेपाली भाषा साहित्यको गजल, मुक्तक, नियात्रा तथा समीक्षा र समालोचना विधामा क्रियाशील बाजुराका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी कोपिलालई समर्पण गरिएको हो । २०७२ सालमा यादव, नीलकण्ठ र तिलाकुमारी गिरीको स्मृतिमा छोरा तुलसी गिरी तथा परिवारले स्थापना गरेको पुरस्कारको राशि १५ हजार पाचँ रुपैयाँ रहेको प्रतिष्ठानका सचिब मिलन समिरले जानाकारी दिनुभयो । सम्मानित गिरीका गजल संग्रहहरु उस्तै उस्तै नदिमा उस्तै उस्तै छालहरु(२०५९), ब्यग्र चाँदनी (२०६१), राग बसुन्धरा(२०६६), मुक्तक संग्रहहरु डुबे पनि डुब्दैन घाम (२०६२), आफ्नै छाल आफ्नै किनारा (२०६५), अस्विकृत रहर (२०७५), समालोचनाहरु मधु प्रदक्षिणा (२०७१), गजल संञ्चेतना सन्निधि(२०७३), नियत्रा संग्रहहरु लहर लहर गन्दै (२०७०), अतित आमन्त्रण (२०७४) लगायतका कृति रहेका छन् । सम्मानित गिरी यस अघि कृष्ण बहादुर घले पुुरस्कार काठमाडौ, राजकुमार स्मृति पुरस्कार हेटौडा, नेत्र शोभा साहित्य पुरस्कार रुपन्देहीबाट पुरस्कृत हुनु भएको छ । यस्तै आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार—२०७५ यहाँको वालिङमा बसेर नेपाली भाषा साहित्यको कविता र काव्य तथा गजल विधामा क्रियाशील युवा साहित्यकार अग्निकुमार रेग्मी पल्लवलाई समर्पण गरिएको हो । आमा सुमित्रादेवी गिरीको स्मृतिमा बलसागर गिरी र परिवारद्धारा स्थापना गरिएको पुरस्कारको राशि सात हजार पाचँ रुपैयाँ रहेको छ । सम्मानित पल्लबका हृदयको बाबु(कबिता संग्रह २०५१), मातृ स्नेह(खण्ड काब्य (२०६०), आगोको झिल्को गजल संग्रह (२०६९) कृतिहरु प्रकाशन भएका छन् । बिभिन्न साहित्यिक संंस्थामा आबद्ध पल्लब मान बहादु कृष्ण कुमारी पुस्कारले सम्मानित हुनु भएको छ । स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रममा बरिष्ठ साहित्यकार प्राज्ञ बिवस पोख्रेल, साहित्यकार बिश्वप्रेम अधिकारी, चिन्तु गिरी, लेखनाथ काफ्ले, देबेन्द्र थुम्केली, देबेन्द्र लम्साल, तर्कना शर्मा, लक्ष्मी अर्पणा, शभ्भु अर्याल, रेशम गोतामे, खगेन्द्र जंग थापा, प्रकाश पुलामी, गंगा कर्माचार्य पौडेल, राजेन्द्र श्रेष्ठ, मनिषा कोइराला, टिकाराम वाग्ले लगायतका दुई दर्जन साहित्यिक स्रष्टाले गजल, कबिता, हाइकु, कथा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा भिरकोट नगरपालिका प्रमुख छायाँराम खनालले सम्मानित स्रष्टालाई सम्मान गर्दै सबैको चासो रहेमा स्याङ्जा साहित्यको हब बन्ने बताउनुभयो । साहित्य मनको भावना भएको बताउदै खनालले साहित्यको सम्मान गर्न सकेमा आफ्नो पनि सम्मान हुने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख सिमा कर्माचार्य, अधिबक्ता तुलसी गिरी लगायतले मन्तब्य राख्नु भएको थियो ।





