बिश्वमा सामान्तवाद, साम्राज्यवाद र पुंजिबाद बिरुद्वकाे क्रान्ति १७८९ माभएको फ्रान्सेली क्रान्तिलाई अध्मययन गर्हदा मत्वपुर्ण र प्रेरणादायि ऐतिहांसिक हाे। याेे क्रान्तिले समानता, स्वतन्त्रता र भाईचारको सवाललाई एउटा सम्बोधन गर्दै सामान्तवादी निरंकुशता बिरुद्व बिगुल फुकेको विश्व ईतिहासबाट बुझ्न पर्दछ । जसले विश्व क्रान्तिकारी राजनीतिलाई प्रभावित बनाएर १७९२ मा फ्रान्समा प्रथम गणतन्त्र स्थापना गर्न सफलता प्राप्त भयो । त्यहाँ दुईपटक गणतन्त्रको आगमनपछि एकाधिकारवादी राजतन्त्र पुन:आगमन भएकाे थियाे । त्यहाँका जनताको धारीलो चेतना र अभ्यासले ठुला संघर्ष बाट पुनः पाचौ जनगणतन्त्र स्थापना भएर खुल्ला, समाबेशी र शुसासनमुखि संरचना निर्माणको अभियान सुचालित छ ।
नेपालकाे पृष्ठभुमिः नेपालले आज ५ औ गणतन्त्र दिवस मनाईरहेको छ । नेपालमा सिद्धान्तत गणतन्त्र प्राप्तिको लागि राणा, पञ्चायति, राजाबादी बहुदल बिरुद्व संघर्ष र आन्दोलनकाे ऐतिहाँसिक पृष्ठभुमि हो । जनताको बलिदानिपुर्ण आन्दोलनको प्रकृयाले लाकतान्त्रिक गणतन्त्र सहितको राज्यको परिकल्पना साकार पार्ने प्रकृया सफल भएकाे हाे । उल्लेखित सबै अान्दाेलन र राजा सहितकाे प्रजातन्त्र पनि अफापसिद्व भएपछि कम्युनिष्ट बामपन्थिहरुले बिद्राेह अा-अाफ्नाे रणनिति अनुिसार गर्न थाले। यक थरी मानिसहरु राजाबादि प्रजातन्त्रकाे स्विकाराेक्ति, अर्काे थरी मानिसहरु मदन भण्डारी बहुदलिय जनबाद, तेश्राे थरी मानिसहरु जनताकाे चेतना सहितकाे अान्दाेलन र बिद्राेह चाैथा थरी मानीसहरु जनयुद्व र क्रान्तिकारी बिद्राेह तत्कालिन कार्यनिति बनाई राजा सहितकाे लाेकतन्त्र प्रति बितृष्णा पैदा भएकाे पृष्ठभुमि थियाे। गणतन्त्र स्थापनाका लागि मुलतः २०६२/०६३ को ऐतिहासिक जन–आन्दोलन र १० बर्षे सशस्त्र जनयुद्दको संमायोजनबाट तानाशाही राजतन्त्रलाई अन्त्य गरि संविधान सभा मार्फत संघिय, लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । गणतन्त्र प्राप्तिका निम्ति सहादत प्राप्त गर्नुहुने महान विरसहिदहरु, घाईते, द्वन्दपीडित, योद्धाहरुको बलिदानले गणतन्त्रको स्थापनार्थ या गरेकाे सत््य तथ्य भुल्न हुदैन। नेपालमा गणतनणत्र स्थापनार्थ नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना र योगदानको पृष्ठभुमि झापा बिद्राेेह देखि बिद्रोह हुँदै लोकतान्त्रिक आन्दोलनको फ्युजनबाट तानाशाही राणा देखि राजा हटाउन क्रान्तिमा संलग्नता र १० बर्षे जनयुद्व झनै तल्लो बर्गको कम्युनिष्टहरुको बलिदान बिना सम्भव थिएन ।
यद्यपी: लोकतान्त्रिक गणतन्त्र अागमनमा लोकतान्त्रिक दलको सहभागिता र स्विकार्यताको भुमिका पनि उति नै महत्व रहेको तथ्य भुल्न ससकिदन । सशस्त्र जनयुद्व र १२ बुंदे दिल्ली सम्झौता तथा शान्ति सम्झौताबाट राजतन्त्र हटाउने लोकतान्त्रिक गणतन्त्रको जग भई आन्तरिम संविधान समेत निर्माण गरीएको सत्य हो । नया संरचना निर्माण र गणतन्त्र नयाँ संरचना निर्माण शान्ति सम्झौतासंगै राजा हटेपछि अस्थाई रुपमा नयाँ संरचना निर्माण भयो । आन्तरिक संविधानको भावना अनुरुप राजतन्त्र हटाएपछि २ पटक संविधान सभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भयो । नेपाली गणतन्त्रमां जनताको लागि निकै खर्चालु युद्व र संविधान निर्माणले पाएको नयाँ स्वरुव संघीयता, समाबेशिता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र उपलब्धिको रुपमा स्थापना भयो । यसले तीन तहको सरकार लागू गरी हालसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई लागू गर्ने प्रयत्न भएको हाे । गणतन्त्र प्राप्तिको नयाँ संघीय संरचना नेपालका लागि अझै संक्रमणकालीन अवस्था र कार्यान्वयनको चरणमै रहेको आभास हुन्छ, जस्ले जनतालाई तुरुन्त प्रतिफल दिन कठिन भयको महशुस गरिएकोले दलहरु, जनता, नागरिक समाज र सरकार समेत नयाँ संरचना कार्यान्वयनमा गणतन्त्र दिवस मनाईरहँदा पनि “कुहिराको काग जस्तो अलमल हुँदै प्रगतिपथमा अघि बढिरहेको विश्लेषण गरिन्छ । नयाँ संरचना निर्माणमा नेपालको आन्तरिक र बाह्य प्रभावले खेलेको सकरात्मक नकरात्मक भुमिकाले पनी उत्तिकै प्रभावित बनाएको छ । संविधान निर्माणमा धेरै बिचार विमर्श र बहसहरु भएका छन । विभिन्न विचारधाराको फ्युजन बाट दक्षीण एसियाकै उत्कृष्ट संविधान मानिएकाे छ।
गणतन्त्र एक समीक्षाः नेपाली जनताको लामो बलिदानीपुर्ण संघर्ष र सहिदको तातो र आलो रगतले सिञ्चियर आज गणतन्त्र दिवस मनाउन पाएका छन । देशमा करीब दशकौ देखि संविधान र लोकतान्त्रिक गणतन्त्र सहितको राज्य पुनसंरचनाको बहस भइरहेको छ । यसले विभिन्न मत, अभिमत सृजना गरेको छ । संघीयताले स्वायत्तता प्रदान गरि स्थानिय तहमा निर्णायक भुमिकाको स्वामित्वकाे प्रकृयामा छ। तर बढि खर्च र सुशासनमाथि प्रश्न सृजित हुनु संघीयताको सवाल बनेको छ । गणतन्त्रले धर्म निरपेक्षता र स्वतन्त्रता प्राप्ति भएकोछ यद्यपि: राजनीतिमा धर्म मिश्रित गरिनु, बाह्यय कृश्चियन धर्म आगमनको प्रश्न पनि पैदा भएको छ । समाबेशिताले ब्यवस्थापिका र अन्य संरचनामा लैंङ्गिक र जातिय पहुंच बढेकाे छ। गणतन्त्रले लामो समयको दास, सामन्ती सत्ता र एकाधिकारवादको अन्त्य भएको छ । तानाशाही राजतन्त्रको उन्मुलन गरि संविधान भन्दामाथि रहेर राज गरिरहेको राजा प्रजाको सामान्ति शासन ढलेको छ ।




