शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रियल मड्रिडमै सन्यास लिन्छु : कप्तान रामोस

रियल मड्रिडमै सन्यास लिन्छु : कप्तान रामोस


  • Dhorpatan News
  • जेष्ठ १७ २०७६, शुक्रबार

काठमाडौं,१७ जेठ- कप्तान सर्जियो रामोसले रियल मड्रिडबाटै आगामी सिजन खेल्ने भएका छन् । कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण कप्तान रामोसको पनि खुबै आलोचना भएको थियो । कतिपय फुटबल पण्डितले रामोसले रियल मड्रिड छाड्नु पर्ने तर्क दिदै आएका थिए ।
तर कप्तान रामोसको यो भनाइले उनी रियल मड्रिडमै आफ्नो खेलाडी जीवन अन्त्य गर्ने लक्ष्यमा देखिन्छ । रामोस भन्छन्, ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ । तर, म यो क्लबमै बस्न चाहान्छु ।’
तर पछिल्लो समयमा उनी चिनियाँ फुटबल क्लबमा जाने हल्ला चलेको थियो । चिनियाँ क्लबले आफूलाई अफर गरेको स्वीकारे । तर आफू रियल नछाड्ने पनि पुष्टि गरेका छन् ।
सन् २००५ देखि रियल मड्रिडमा आबद्ध कप्तान रामोसको क्लबसँगको सम्झौता २०२१ म सकिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->