बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्व सूर्ति निषेध दिवस ,समस्याकाे चुनाैति र संभावना

विश्व सूर्ति निषेध दिवस ,समस्याकाे चुनाैति र संभावना


  • सीताराम थापा
  • जेष्ठ १७ २०७६, शुक्रबार

१. बिषय प्रबेश: 

 बिश्व सूर्ति सेवन निषेध दिवस अाज मे ३१ मा पर्दछ ।नेपालमा यसकाे महत्व र अावश्यकता कम भए पनि दिवसका लागि दिवस मनाउने प्रचलन छ।  सूर्ति सेवनसँग जोडिएका मानव जीवनका समस्यामा सचेत  गराउने र यसको सेवनमा रोक लगाउन हिसावले बिश्व स्वास्थ्य संगठन र यसको सहयोगी संस्थाहरुले १९८७ देखि  बिश्व सूर्ति सेवन निषेध दिवस मनाउदै अाएकाेले लामै अवधि भयाे।  यस बर्षका लागि यस दिवसको नारा छ – सूर्ति  र फोक्सोको स्वास्थ्य भन्ने मुल नाराकाे साथ बिश्वब्यापि अभियान संचालन भएका छन । सूर्ति मानिसको जीवन संग छुटकारा नै नपाउने गरि घोलिएको छ । याे विश्व संजालले घट्नुकाे सट्टा बढिरहेकाे छ। यसकाे बिरुद्ध सरकारद्वारा चलाइएका अभियानहरुको प्रभाब भएपनि  त्यसको गति एकदमै सुस्ताउदाे  छ । 
 २. नेपालमा सूर्तिकाे सवाल:   
नेपालमा सूर्ति परम्परादेखि सूर्ति राेपेर सालकाे पातमा बेरेर  खाईदै अाएकाे हाे  । कतिपय समाजमा स्वागतकै लागि सूर्ति जन्य पदार्थ चूरोट, खैनी, तमाखु, बिंडि, सुर्ति खाने परमपरा रहेकाे छ।  कतिपय ग्रामीण समाजकाे बिबादित मामिलाहरु हुक्का खादै छिनोफानो  गर्ने प्रचलन थियाे र छ। नेपालमा प्रहरी प्रशासन समेत अाफै खाने अाफै फाड्ने गरेकाे संचार माध्याममा देख्न सकिन्छ। सुर्ति खाने प्रचलन नृपालमा फेरियर साेखका लागि चुराेट हुक्का खाने पनि गरियकाे छ। बिदेसि कम्पनि बाट उत्पादित सुर्तिजन्य पदार्थ खरिदनुपर्ने तर स्थानिय प्रयाेग र ब्यवस्थापन नगरिनु पनि नेपालकाे समस्या बनेकाे छ।
 ३. सूर्तिकाे सवाल र असर: 
बिश्वमा सुर्ति जन्य पदार्थकाे सेवन बाट ६० हजार मानिस मर्दछन। यस बाट क्यान्सर, मुटु र फोक्सोकाे राेग छ। करिब६ लाख मानिसहरु  सूर्ति सेवन गर्दैनन तर सेवन गर्ने सँगै रहने  कारण  धुवाँ लगायत असरले गर्दा बिभिन्न राेगकाे  ग्रसित छन। शिकार हुने एक चौथाई त एक बर्षका बाल बालिका नै हुन्छन् ।  हरेक दशौ बयस्कमा एकको मृत्यु हुन्छ।  चुरोटको धुवामा झण्डै ४००० रसायनहरु हुने  ती मध्ये २०० जति मानिसको स्वास्थ्यका लागि  हानीकारक छन । ती मध्ये पनि २५ वटा रसायन निर्बिवादरुपमा क्यान्सर पैदा गर्दछन् । यसका सौखिनहरुले याद राख्नु पर्दछ कि ४–५ खिल्ली चुरोटमा बिद्यमान निकोटिनलाई यदि शरीरले एक पटक ग्रहण गरेमा मानिसको मृत्युको निम्ति पर्याप्त हुन्छ।
४. चुनाैती र संभावना: 
  सूर्तिजन्य पदार्थ सेवनको निषेध गर्नका लागि बिश्व स्वास्थ्य संगठन संग सम्वन्धित १७४ देसले पाच बर्षसम्म सूर्ति तथा त्यसका सह उत्पादनहरुको बिज्ञापन, प्रोत्साहन तथा प्रयोजन माथि प्रतिबन्ध लगाउनका साथै कर बृद्धि निर्देशन जारी गरिएको छ । सूर्ति सेवन बिरोधी अभियानका कारण यद्यपि ब्राजिल, क्यानाडा, सिंगापुर र थाइल्याण्डमा यसको उपभोगमा अबश्य कमी आएको छ। बिश्वको केवल ६ प्रतिशत मानिस मात्र सूर्तिजन्य पदार्थको सेवनबाट बिमुख र पूर्णरुपले सुरक्षित छन । प्रभावशाली सूर्ति कम्पनीहरुको अगाडि सूर्तिजन्य पदार्थ सेवनमाथिको रोक सम्वन्धि कार्यबाहीहरु असफल जस्तै सावित भएकाे देखिन्छ। यस्तो अवस्थामा एउटा सशक्त अभियानकै रुपमा  आन्दोलन बिकसित गर्न आवश्यक छ ।
 यस सम्वन्धमा भारतको केही बिश्वबिधालय, र उच्च न्यायलयले सुर्तिजन्य पदार्थकाे उत्पादन, बिक्रि र अायातमा पुर्ण  प्रतिबन्दका लागि अपिल र जनहित याचिका दायर गरेकाे छ। यस अभियानले सूर्तिको संसार सँग जोडिएका सबै समूह र कारोबारकर्ता बीच ठूलो खैलाबैला मच्चिएको हाे । पूर्ण सूर्ति सेवन निषेध गर्ने कुरा प्रशासनका लागि  चूनौति,काम गर्ने श्रमिक बेराेजगारी,  नियन्त्रणका खर्च, यसको बिक्रीबाट प्राप्त हुने राजश्वको १५४ गुणा बढी हुने तथ्य, महान चुनाैति हुन। यस  बारे राष्ट्रिय अन्तराष्ट्रिय रुपमा व्यापक बहष, संयाेजन र सहकार्य अावश्यक छ।
 यद्यपि धेरैजसो सूर्तिजन्य पदार्थ सेवन गर्नेहरु यसबाट हुने हानी नोक्सानीका बारे सचेत भयर करिब ७० प्रतिशत चुरोट सेवन  छोड्न पनि तयार भयपनि  उनीहरु यो लतबाट बाहिर निस्कन असमर्थ देखिन्छन । यसका लागि त दल सरकार,  वास्तवमा दृढ संकल्प नै चाहिन्छ । सूर्ति सेवन पूर्णरुपले नियन्त्रण गर्ने बाताबरणका लागि सबै क्षेत्रकाे जवाफदेहिता र उतरदायि लामाे अभियान र परिचालन अावश्यक छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->