शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

१२ सय गाँजाको बोट काटियो

१२ सय गाँजाको बोट काटियो


  • हिमलाल पराजुली
  • जेष्ठ २१ २०७६, मंगलबार

स्याङ्जा, २१ जेठ –  जिल्लाको बिभिन्न ठाउँमा गरी १२ सय २५ गाँजाको बोट काटिएको प्रहरीले जनाएको छ । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत जिल्लाको अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकामा बारीमा लगाएको गाँजाका बोट काटेर स्थानीय जनप्रतिनिधी एवं समाजसेवीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
अर्जुनचौपारी गाउँपालिका २ मा ६ सय २५ बोट र आँधीखोला गाउँपालिका ५ मा बारीमा लगाएको ६ सय गाँजाको बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले जिल्लामा शान्ति सुरक्षामा खल्बल पुग्ने भन्दै घरेलु मदिरा र गाँजा लगायतको बस्तुमा कडाइका साथ आफ्नो कार्य अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->