बागलुङ, २१ जेठ- जिल्लामा क्रियाशिल सनराईज क्रिकेट कल्व बागलुङले बाङ्गेचोर खेलमैदानमा मंगलवार देखि खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
खुला क्रिकेट प्रतियोगिताको उद्घाटन पछि बोल्दै सनराईज आवसीय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरवहादुर क्षेत्रीले विदार्थीलाई पढाईको संगै खेल क्षेत्रमा समेत अगाडि बढाउनु पर्ने धारणा ब्यक्त गरे ।
जिल्ला क्रिकेट विकास समितिका अध्यक्ष विष्णु प्रसाद आचार्य, जिल्ला क्रिकेट विकास समितिका सचिव फरिन्द्र खड्का, पत्रकार खेमराज गौतम सुवास, सनराईज आवसीय माध्यामिक विद्यालयका शिक्षक निमराज कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खुल्ला क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागी रहने सनराईज क्रिकेट कल्वले जनाएको छ । उद्घाटन कार्यक्रम सनराईज क्रिकेट कल्वका उपाध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षता क्लवका सदस्य सविन गौचनको स्वागत तथा प्रिन्सिपल चन्द् बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन खेल पञ्चकोट क्रिकेट क्लव र सनराईज क्रिकेट क्लव वीच भएको थियो ।





