बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपालमा दलित जातिय पहिचान र ईतिहासकाे खाेजि 

नेपालमा दलित जातिय पहिचान र ईतिहासकाे खाेजि 


  • सीताराम थापा 
  • जेष्ठ २२ २०७६, बुधबार
 बिषय प्रबेश: 
म धाैलागरीमा दुई दशक दलित, महिला आन्दनेलनमा हाेमिय ।  हिजो मंगलवार जातिभेद उन्मेलन दिवस तर नेपालमा मिडियामा यसकाे सवाल उठान कमि भयाे।  नत अभियान र दलित जातिय समस्अया र समाधानकाे खाेजि भयाे। अहिले राजनिति, पद, पैसा र पहुंचमा दलित नेता देखि सबै चयर हाेला, पद दलित अान्दाेलन गाैण भयाे।  गैर दलित अाफ्नाे सवाल मानव जातिकाे सवाल भनेर दलित जातिकाे सवाल लाई ठान्दैनन। दलित बर्ग पनि अाज याे हामिले मात्र गर्ने अभियान ठान्दछन।    सबै अलिक केही जानेका पद- दलित नेता र नजानेका तन्नम। यसैले पनि अाज दलित अान्दाेलन कुहिरनेकाे कनग बनेकाे छ।
दलितमा विभेद:   
परिवर्तनशील समयमा , विकास लगायत कारणले परापुर्वकालकाे जस्ताे  विभेद र छुवाछुतमा समय सापेक्ष कमि अाएकाे छ।  यधपि, खासै राज्यले राजनितिक पहलमा सचेततापुर्वक पहल कमै गरेकाे छ भन्दा अत्तिसय नहाेला । केही गैसस र दलित संगठनकाे याेगदान भने सहयाेगि बनेकाे छ।  हजाराै बर्षकाे समयकाे परिवर्तनकाे सपमा संभावनाले  गर्दा विभेद केही घट्दै जाने क्रम चलिरहेको मात्र हो । यसरि  अघि बड्दा याे बिभेदकाे सांङ्ग्लाे चुडिन अझै हजारौँ हजार वर्ष लाग्ने छ।
 नेपाली दलितकाे पहुंच: 
नेपालमा हिंसा र बलात्कार हुने महिलामध्ये करिब २० प्रतिशत दलित समुदाययका छन। छन् । यो जनसंख्याको अनुपातभन्दा धेरै बढी  यसको मुख्य कारण विभेदपुर्ण राज्य संरचना हाे। विदेशि भुमिमा सस्ताे श्रम गर्ने  धेरै दलित  युवा रगत छ । याे जातीय अनुपातभन्दा धेरै देखिन्छ । नेपाली सरकारी जागिरमा करिब  २ प्रतिशत दलित जाति  तल्लो पदिय स्तरमा कार्यरत छन।
जात र थरकाे बिकास:
  नेपालमा  अहिले सम्म धेरैलाई दलितको थर गोत्रकाे जानकारी छैन  । याे नेपालमा एउटा राजनितिक सवाल  बनाउने काेशिस छ ।
नेपालको सत्ताले लामो समयसम्म दलित, मुस्लिम र जनजाति समाजलाई आफ्नो थरबाट चिनिनै दिएन।  हिन्दू उच्च जातिको वर्चश्वले थरमा प्रहार भयाे। उच्च जातका भने थर लेखियो उत्पिडिलाई जात मात्र लेखियाे।  हाम्राे राजनितिक प्रणालि र नेतृत्वले पनि  दमाई,कामी, सार्की, मुसलमान मगर गुरुङ अादि कथित लेखाईदिने ईतिहास बन्याे  । प्रजातन्त्र याे सवाल थाेरै उजागर भयपनि प्राथामिकता पाएन। दलित जातिभित्रका घिमिरे, गौतम, दुलाललगायतले आफ्नो थर लेख्न थाले । त्यसले उच्च जातीय शासकलाई लौ यिनीहरुले त हाम्रो थर पो लेख्न भन्ने भ्रम भयाे।
दलित जातमा थर  थियो तर भन्न मात्र दिईएन। तथाकथित दलित बर्गलाई जातका आधारमा मात्र चिनिन बाध्य पारियाे । थर  ठेगाना हाे । जस्तो पोडवालबाट आएकालाई पौड्याल भनिएको हो । पाैड्याल भन्ने ठाउँबाट बाहुन मात्र हिँडेका थियनन । त्यहाँका बाटाघाटामा सबै जाति हिँडेका हुन । भनेपछि पौडेल   बाहुन र दलित दुबै  हुने भयो ।
 जंगबहादुरले जङ्गबहादुर राणा लेख्न थाले । त्यसअघि उनीहरु राणा थिएनन् । मुस्लिम शासकले दिएको उपाधिलाई पृथ्वीनारायण शाहले  लेखन अबलम्बन गरे।  ऋषिका सन्तान  भनिने गोतामेले गौतम भनेर लेखाईयाे। नेपालका धेरै दलितले आफ्नो थर गोत्र नै राज्यले लेख्न नदिदा भुलिसके। 
 ऐतिहांसिक विश्लेषण: 
हाम्रो राज्य व्यवस्थाले लामाे समय  सामन्तवादको धङधङी गन्हाएकाे  पूँजीवादी- अर्धसामन्तबादी चरित्र थामि रह्ययाे।  नेपालमा  पहिलेका सामन्तहरु नै पूँजीपतिमा रुपान्तरित भएका हुन् । पुजिबादि क्रान्ति बिना अनएकाे पुजिबादले मजदुर र गरिब बर्गलाई राेजगार नदिने हुंदा बिदेशि श्रममा जाेतिनु परेकाे हाे। नेपाली सामन्तिहरु जमिन बेचेर पूँजीपति बनेका बने । ऊ हेर्दा पूँजीपति भए पनि सामन्तकै पुर्ण  गुण देखिन्छ।
उसलाई के लाग्छ भने, आफू सामन्त हुँदा उनिहरु नोकरै हुन्  र उनीहरु सधैँ सेवककै रुपमा रहनुपर्छ । यस्ता पूँजीपतिले उनीहरुको रुपान्तरण नै चाहँदैनन् ।
उनीहरुले सिंगो जातीय खलकलाई र बर्गिय रुपलाई मजदुरमा रुपान्तरण गरिदिन्छन । अर्थात रुप फेरिए पनि सार फेरिँदैन ।
यसैले अहिले पनि दलित, गरिब श्रमिक लाई उच्च धनी बर्गमा रुपान्तरण भएकाे बर्गले तल्लाे उपेक्षित, उत्पिडित अवसर बिहिन समूह लाई हेर्न चांहदैन। अाफ्नै रगत, भाइ भातृत्व भएपनि चेतनाका कारण विभेद कयम राख्न चाहान्छ, यधपि: उसलाई यस बारे पुर्ण थाहा? पनि हुदैन।  पढेलेखेका, सचेत बर्ग लाई समेत यस बारे बास्तकिक र ब्याबहारिक शिक्षित मानव बनाउनु चुनाैतिकाे तगाराे बनेकाे छ।
       * लेखक सामाजिक अभियान्ता हुन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->