शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया


  • हिमलाल पराजुली
  • जेष्ठ २७ २०७६, सोमबार

स्याङ्जा, २७ जेठ – वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । यातायात व्यावसायी, सवारिचालक एवं सर्वसाधारण लाई ट्राफिक नियमका साथै सड्क दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय पोखराको आयोजना र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा भएको कार्यक्रममा सहभागिहरुले सडक दुर्घटना हुनुको कारण सागुरा सडकका साथै मापदण्ड विपरित सवारि सादन सञ्चालन गर्नु मुख्य कारण रहेको बताएका थिए । सवारि सादनमा क्षमता भन्दा बढि यात्रु चढाउनुका साथै मनलाग्दि भाडा लिने गरेको बताउदै यस विषयमा ट्राफिक प्रहरीले कडाइ गर्नु पर्ने सर्वसाधारणको भनाइ रहेको थियो । बजारका मुख्य चोकहरुमा ट्राफिक लाइटका साथै आकासे पुलको निर्माण गर्न सके दुर्घटनामा न्युनिकरण गर्न सहयोग पुग्ने सर्वसाधारणको भनाइ रहेको थियो ।
सिद्धार्थ राजमार्गको साघुँरो सडक र सडकका दायाँ बाँया मापदण्ड विपरित खोलीएका ग्रामीण सडकका साथै ग्रामिण भेगमा चल्ले जिपमा क्षमता भन्दा बढि यात्रु राखेर सवारि सादन चलाउनुले पनि दुर्घटनाको जोखिम बढाएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्दश्यले मन्त्रालयले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले दुर्घटना भइसके पछि पछुताउनु भन्दा पहिलेनै सचेत हुन सबैलाई आग्रह गरे। सहज र सुरक्षीत यात्राको लागि मन्त्रालयले विभिन्न जिल्लमा पुगेर ट्राफिक प्रहरी संगको सहकार्यमा बिधिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र यो कार्यलाई निरन्तरता दिने रेग्मीले बताए ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख रेशम बहादुर रानाभाटले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा करबाही गर्ने बताउदै केही सवारी सालकले सवारी चालक अनुमति बिना सवारी सादन चलाएको र भन्ने जानकारी आएको बताउदै यस्ता चालकलाई कडा कारबाही गर्ने बताए। ट्राफिक नियमको पालना गर्नु अरुको लागि नभएर आफ्नै लागि भएको बताउदै यसमा सबै जिम्मेवार हुन आग्रह गरे  । तोकिए भन्दा बढि भाडा लिने सवारी सादनलाई आफुहरुलाई जानकारी गराउन आग्रह गर्दै नियम भन्दा बाहिर जान खोजने कैसैसंग पनि आफुहरुले सम्झौता नगर्ने उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->