स्याङ्जा, २८ जेठ – पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा. २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए ।
बर्षात्को समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे खाडी भन जेसिबीको प्रयोग गरी बाहिर निकालियो ।यसैगरी, पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले निर्वाचनमा गरेका बाचा पूरा गर्न सरकार लागेको भन्दै एजेण्डालाई कसैले रोक्न नसक्ने दाबी गरे । अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै उनले स्याङ्जाको सेतीदोभान-घण्टे-पर्वत सडक र वालिङ्बा-रिकुना-चापाकोट-रामपुर सडक सडक बजेटमा समेटिएको जानकारी दिए ।कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मी, प्रतिनिधि सभा डा.गणेशमान गुरुङ, मन्त्रालयका सचिब देवेन्द्र कार्की, गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल लगायतले जिल्लाको दिर्घकालीन विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए ।
सडक डिभिजन कार्यालय पोखराबाट निर्माण हुनलागेको पुल अर्जुनचौपारी–३ हुदै आधीखोला गाउँपालिका–१ जोड्नेछ । ३ करोड ७ लाखको लागतमा निर्मित पुल एक बर्ष ६ महिनामा सक्ने सर्तमा जिएसआर निर्माण सेवा पोखराले निर्माणको जिम्मा पाएको छ । पुल २० मिटर लामो, आरसिसी डबल लेन तथा ओपन फाउण्डेसनको हुनेछ ।




