बागलुङ, २९ जेठ – क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । बागलुङ नगरपालिका वडा नं १ रामरेखा स्थित बाङगेचौर खेलमैदानमा सम्पन्न खेलहरुमा रुद्रपिपल माध्यमिक विद्यालय, चिल्र्डेन लाइफ बोर्डिङ स्कुल, रेश नुनथला माध्यमिक विद्यालय विजय हुदैँ क्वाटरफाइनलको यात्रा तय गरेको छन् ।प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न भएको पहिलो खेलमा रुद्रपिपल माध्यमिक विद्यालयले न्यू एभरेष्ट बोर्डिङ स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । निर्धारित ५० मिनेटको खेलमा रमेश कामिले खेलको १० औं मिनेटमा गोल गर्दै रुद्रपिपललाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा हरी थापाले गोल गर्दै रुद्रपिपल माध्यमिक विद्यालय विजय भएको थियो ।यसैगरी दोस्रो खेलमा चिल्र्डेन लाइफ बोर्डिङ स्कुलले कालिगण्डकी बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ। चिल्र्डेन लाइफलाई जित दिलाउन खेलको १० औं, १३ औं र २८ औं मिनेटमा क्रमश निशचल महत, प्रमिश सुवेदी र पवन छन्त्यालले गोल गरेका थिए । दिनको अन्तिम खेलमा रेश नुनथला माविले आर्दश विद्यामन्दिरलाई २ शून्य गोल अन्तरले पराजित गरेको हो । रेश नुन्थलालाई विजय गराउन टिमका कप्टान लविश थापा नायक भए । उनले खेलको ७ औं र ३३ औं मिनेटमा गरी २ गोल गरेका थिए ।क्वाटरफाइनलका खेल विहिबार अमर आर्दश मावि र अमृत आर्दश मावि त्यसैगरी सिद्धार्थ शिक्षा सदन र रुद्रेपिपल मावि र चिल्र्डेन लाइफ बोर्डिङ स्कुल र रेश नुनथला मावि विच हुने भएको छ ।





