शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

योजनाहरु दीर्घकालीन हुनुपर्छ : मन्त्री अर्याल

योजनाहरु दीर्घकालीन हुनुपर्छ : मन्त्री अर्याल


  • Dhorpatan News
  • जेष्ठ ३१ २०७६, शुक्रबार

स्याङजा ,३१ जेठ – भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले सरकार जग्गाको बढीभन्दा बढी उपयोग गर्ने नीति अनुसार अगाडि बढेको दावी गरेकी छन् । उनले जग्गा बाँझो राखेर सम्मृद्धि प्राप्त नहुनेमा पनि जोड दिएकी छन् ।
गृहजिल्ला स्याङ्जामा निर्माणाधीन आयोजनाहरुको शुक्रबार अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री अर्यालले गाउँगाउँमा भएका सबै जमीनको सदुपयोग गरेर हराभरा बनाउन सके मात्रै आत्मनिर्भर बन्न सकिने बताइन् ।
उनले अब बन्ने योजनाहरु दिर्घकालीन हुनु पर्ने बताउनु भयो । एउटै आयोजना पटकपटक निर्माण गर्न नसकिने भएकोले त्यस्ता योजनाको गुणस्तरमा ध्यान दिनु पर्ने बताउँदै काममा गुणस्तरका साथै छिटो छरितो काम गर्न निर्माण कम्पनी एवं ठेक्दारलाई आग्रह पनि गरिन् । मन्त्री अर्यालले संघीय सरकारबाट सञ्चालित जिल्लाका सडक, पार्क, मालपोत कार्यालय, नापी कार्यालय, स्वास्थ्या केन्द्र र स्वास्थ्य चौकीहरुको समेत मन्त्री अर्यालले अनुगमन तथा निरीक्षण गरेकी थिइन् । उनले आगामी आर्थीक वर्षबाट विकासले गति लिने जिकिर गर्दै सरकार जनचाहना अनुसार नै अगाडी बढेकोले जनता निराश हुनु नपर्ने दावी पनि गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->