बागलुङ,३२ जेठ – क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघा र चिल्ड्रेन लाइर्फ बोर्डिङ स्कुल फाइनलमा भिड्ने भएका छन् । शुक्रबार बागलुङमा सम्पन्न सेमिफाइनका खेलमा रत्न लक्ष्मी माध्यमिक विद्यालयले अमर आर्दश बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले रुद्रपिपल माध्यमिक विद्यालयलाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन ।
सेमिफाइनलको पहिलो खेलमा रत्नलक्ष्मीले अमर आर्दश बोर्डिङ स्कुललाई १–० गरेको हो । खेलको २९ औं मिनेटमा रत्नलक्ष्मीका सोनम घर्तिले गोल गर्दै आफ्नो टिमलाई फाइनलको यात्रा तय गरएका थिए । यसैगरी दोस्रो खेलमा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले रुद्रपिपल माध्यमिक विद्यालयलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको ४ मिनेटमा नै करनरबाट आएको बललाई टिमका स्टाइकर पवन पुनले जाली तर्फको दिशा देखाउँदा रुद्रपिपल माविलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिताको फाइनल खेलमा शनिबार छात्रा तर्फ सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट बोर्डिङ स्कुल र छात्रतर्फ रत्न लक्ष्मी माध्यमिक विद्यालय र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल विच हुने भएको छ । प्रतियोगितामा विजय टोलीले १५ हजार नगद सहिद प्रदेश स्तरीय क्विक्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।





