स्याङ्जा, ८ असार – अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवाषिक समीक्षा कार्यक्रम आज जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरी देखि हालसम्म जिल्लामा संकलन गरेका घटनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताउदै मानवअधिकार वर्ष पुस्तक एक महत्वपुर्ण दस्तावेज भएको बताए । उपप्रमुख बगालेले मानवअधिकारको रक्षाको लागि सबै लाग्नु पर्नेमा जोड दिए ।
नेकपाका प्रतिनिधि नारायण लम्शालले समाजमा घटने घटनाको न्युनिकरणका लागि राज्यको मात्रै मुख नहेरी सबै लाग्न सकेको खण्डमा मात्रै अपराधलाई नियुनिकरण गर्न सकिने बताए ।
नेपालिकांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले बैदेशीक रोजगारीले समाजमा समस्या थप्दै गएको बताउदै यसको बारेमा समयमै सोचनु बताइन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले अपराध नियन्त्रणका साथै पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने कुरामा आफुहरुले कुनै कसर बाकी नराख्ने बताए ।
आफुहरु यस विषयमा सेचेत रहेको बताउदै माताहातका सुरक्षा कर्मीहरुलाई मानवअधिकार सम्बन्धि शिक्षना दिदै आएको जाकारी दिए ।
जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले इन्सेकले आफ्नो दायेरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो । बलात्कार र घरेलु हिसां मात्रै नभएर बैदेशिक रोजगारीका कारण हुने गरेका समस्याका विषयमा समेत ध्यान दिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले अझै पनि घटनाहरुलाई समाजमै मिलापत्र गराउने बेलाबखत कोसिस हने गरेको बताउदै सबैको खबरदारी आवश्क रहेको बताए । कार्यक्रममा गैसस महासंका उपाध्यक्ष गोविन्द शर्मा, रेडियो स्याङ्जाका स्टेसन म्यानेजर रमेश गोदार लगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरी देखि हालसम्म बलात्कार तथा बलात्कार प्रयासका १२, प्रहरी द्वारा गिरफ्तार ४ ओटा र घरेलु हिसांका ९ ओटा घटनाका साथै जिल्लाको मानवअधिारको अवस्थाका बारेमा जानकारी गराएका थिए । जिल्लामा घरेलु हिसांका ४१ उजुरी दर्ता भए पनि इन्सेकले ९ ओटा संकलन गरेको जनाएको छ ।




