शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

मदन भण्डारीको विचारले कम्युनिष्टहरु लाई एकै ठाउँमा ल्यायो : मुख्यमन्त्री गुरुङ

मदन भण्डारीको विचारले कम्युनिष्टहरु लाई एकै ठाउँमा ल्यायो : मुख्यमन्त्री गुरुङ


  • हिमलाल पराजुली
  • असार १५ २०७६, आइतबार

स्याङ्जा, १५ असार-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मदन भण्डारीको विचारले कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याएको बताएका छन् । बिचार र दर्शनको क्षेत्रमा भण्डारी एक मात्र बृहस्पती भएको बताउँदै मुख्य मन्त्री गुरुङले नेकपाले भण्डारीको बिचारलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय बृक्षारोपण दिवस २०७६ तथा ६७ औ मदन जयन्तीको अवसरमा नेकपा स्याङ्जाले पुतलीबजार गरपालिका १४ स्थित मदन आश्रित पार्कमा आयोजत बृक्षरोपण कार्यक्रममा गुरुङ्ले  सो कुरा बताएका हुन् ।
भण्डारीको विचर र दर्शनले नै कम्युनिष्टहरु एउटै झण्डामा गोलबन्द भएको बताउदै जनताले कम्युनिष्ट पार्टी लाई देशको विकास गर्नको लागि दुई तिहाईको बलियो सरकार दिएकाले जनताको जनचाहना अनुसार सरकारले काम गर्ने बताए । बिसर्जनबाद, जडसुत्रबादी र संसोधनबादका कारण कम्युनिष्टहरु पछाडी परेको अवस्थामा मदन भण्डारीले जोगाएको बताउदै गुरुङले जनताको बहुदलीय जनवादले नै कम्युनिष्टहरु प्रतिस्पर्धा र जनताको अभिमतबाट अगाडी आउन सक्छन भन्ने कुरा भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाट पुष्टि भएको बताए ।
नेकपा गण्डकी प्रदेश इन्चार्ज गुरुङले कम्युनिष्ट पार्टी खुला र जनताको माझमा पु¥याउने काम मदन भण्डारीले गरेको बताए । बिपक्षीले पार्टी एकताका बिरुद्धमा बिभिन्न अर्नगल हल्ला फैलाएर जनतालाई भ्रमित पार्ने काम गरेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->