बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बयङग्य कविता : कृषि प्रधान शरिर !

बयङग्य कविता : कृषि प्रधान शरिर !


  • अर्जुनराज पन्त
  • साउन ६ २०७६, सोमबार

फुकालेर हरका लुगा धानका बिउले छाेपी
काेहिले लाछन शीरै माथि बनाएरै टाेपी ।

सम्मान हाे कि अपमान हाे बिचित्रै छ आज
हरकाे बश्त्र हटाएर बिउले छाेप्छन लाज !

फाँटैभरि राेपिने बिउ हाेटल भित्र गाछ
मनि प्लान्टकाे हाँगाे सरि गमलामा ला छ ।

गमलामै फूलाेस फलाेस त्यहि झुलाेस बाला
जस्ले राेप्छ गमलामा त्यसले त्यही खाला ।

नभरिएमा उसकाे भुँडि त्याे धानका भातले
गमलाकै माटाे खाओस उभाएर हातले ।

कसैको छ शीरै माथि टाेपी जस्तै गरि
देखिएकाे उनकाे टाउकाे खेतकाे गरा सरि ।

उखरभुमी त्याे टाउकाेमा क्यारि बिउ उम्राे
थाेपराे कि हिलाे कतै मार्छु भनि जुम्राे !

ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा ।

तर्सिएलान बच्चा-बच्ची बनमान्छेमा गनि
साताे जाला तर्सिएर यसले छल्छ भनि !

लाेभिएर बाख्रा बाेका आउलान त्यहि चर्न
चरण गरि तिम्रा हरमा रहर पुरा गर्न ।

पात्तिएकाे मार्चे बाेकाे प्यासकाे सधै भाेकाे
लम्किएर अाउला त्यतै पुरा गर्न धाेकाे ।

धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छाेप
दुईटै मात्रै किन नहोस गाभा खेतमै राेप ।

बाँझै छाडि खेत सबै राेपाँइ शरिर भरि
बश्त्र सरि धानकाे बिउ कम्मर वरिपरि ।

कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानको विउका भित्रि बश्त्र अनि गलामाला !

खेतैभरि बनमारा घाँटी भरि धान छ
बिदेशी त्याे रड्डी चामल मिठाे मानि खान्छ !

धानकै बिउकाे माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयाे भएन नि देश !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->