गुल्मीमा पहिलोका कारण एकै परिवारका ८ जनासहित १० जनाको मृत्यु भएको छ । २ जना हराइरहेका छन् । बागलुङको गलकोटमा पनि पहिरोले एक किशोरीको ज्यान गएको छ । बाढी पहिरोले पछिल्लो समयम देशका विभिन्न भागमा भएको धनजनको क्षति भएको छ । करिब १ सय जनाले ज्यान गुमाएका छन् । वेपत्ताका संख्या पनि ३४ को हाराहारीमा छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । गृहमन्त्रायको यो तथ्याङ्कलाई आधार मान्ने हो भने पनि हरेक वर्ष वर्षायाम मृत्यु बोकेर आउने गरेको प्रष्ट हुन्छ । वर्षा अझै सकिएको छैन । वर्षाको बितण्डाको समाचारहरु आइनै रहेका छन् । बस्तीहरु जोखिममा परेको सार्वजनिक भएको छ ।
बाढी पनि कस्तो भने यो वर्ष सुरक्षित मानिएको राजधानीमै ठूलो संख्यामा धनजनको क्षति भयो । बस्ती जलमग्न भए । कारण थियो,मानवीय अतिक्रमण । नदीले आफ्ना बाटो खोज्छ नै । बाटो नै थुनेर बस्ती बिस्तार गरेपछि त्यसले सुखद परिणाम दिँदैन । राजधानीको हकमा भएको त्यही हो ।अर्कोतर्फ राजधानीलगायतका शहरहरुमा यतिबेला पानी सोस्ने जमिन नै बाँकी छैन । क्रंक्रिटको जंगलले गर्दा पानी जनिममुनि जान पाउँदैन । आकाशबाट बगेको पानी ढल र सडक हुँदै सोझै नदीमा मिसिदाँ त्यसले विपत्तिमा बल पु¥याउँछ । पोखराकै उदाहरण दिने हो भने पछिल्ला केही वर्षमा ढलले नै बगाएर आधा दर्जन व्यक्तिको ज्यान गएको छ । पोखरामा पानी पहिले पनि प¥थ्र्यो,अहिले पनि परेको छ तर जमिनभित्र जान नपाउँदा पानी सडकभर छताछुल्ल भएको छ । यो समस्याको सृजना प्रकृतिले गरेको हैन, मानव निर्मित समस्यामा मान्छे स्वंय जकेडिँदैछ । प्रकृतिको दोहनले अझ ठूला विपत्तिहरु निम्त्याउने चेतावनी वातावरणवीहरुको छ । चुरे नासिँदा तराईमा पानीका मुलहरु सुक्न थालेका छन् गाउँघरमा सडक खन्ने नाममा डाँडाहरु भत्काउँदा त्यसले तराईको ढुवानलाई सघाएको छ । पहाडको वातावरणीय सन्तुनल बिग्रदाँ त्यसले मधेशलाई असर गर्छ । मधेश र पहाडमा भएको प्रदुषणले हिमाललाई असर गर्छ । प्रकृतिको यो चक्रलाई नबुझनाले अहिले प्राकृतिक विपत्तिहरु बढेका छन् ।
अर्कोतर्फ नेपालका बस्तीहरु सुुरक्षित छैनन् । पितापूर्खाको थलोमा मानिसहरुले जसोतसो जीवन धान्दै आएका छन् । हुने खानेको हातमा देशको ठूलो साधन र स्रोत रहेको छ । गरीबहरु पाखा पखेरा, खोलाको किनार र असुरक्षित ठाउँमा बस्न बाध्य छन् । उनीहरु वर्षाको समय सधैँ त्रासमा बाँच्न विवश छन् । आङ लुकाउने घर त छ तर सुरक्षित छैन । यो धेरै नेपालीको नियति हो । यही नियतिले गाँजेकाहरु हरेक वर्ष पहिरोमा पुरिन्छन् । खोलामा बग्छन् । सरकार प्राकृतिक विपत्तिमा परेकाहरुप्रति समेवदनाको झटारो फाल्छ । कनिका छरेजस्तो राहतको कुरा गर्छ र मस्त सुत्छ । उसलाई के कारणले प्राकृतिक विपत्तिमा जनता परे भन्नेतर्फ कुनै चासो छैन । हरेक वर्ष वर्षामा मधेश डुब्छ । डुबेको बेला तटबन्धको कुरा आउँछ तर हिउँदमा सेलाउँछ । पहाडमा पहिरो जान्छ र पहिरोसँगै सुरक्षित बस्तीको कुरा आउँछ । बस्ती विकासका नाराहरु लाग्छन् । तर, हिउँदमा त्यो सबै फासफुस हुन्छ । अरुको त के कुरा, अहिलेसम्म भूकम्प पीडितहरु त्रिपालमुनि बस्न बाध्य छन् । नागरिकले त्रिपालमुनि सिंगो वर्खा बिताउँदा पनि सरकारको आँखाले देख्दैन, कानले सुन्दैन । बिडम्बना यही छ ।
प्राकृतिकक विपत्तिबाट जोगाउन दीर्घकालीन योजना बन्नुपर्छ । नागरिकहरुलाई सुरक्षित बस्तीमा बसाउनृुपर्छ । अब बस्ती विकास योजना अपरिहार्य देखिएको छ । डुवान समस्या समाधान गर्न तटबन्ध निर्माणलगायका काम गर्नुपर्छ । प्रकृृतिको अति दोहन रोक्नुपर्छ । र, मुख्यकुरा, घटना हुनासाथ उद्धार र राहतमा लाग्ने दक्ष जनशक्ति हुनैपर्छ ।

