स्याङ्जा, ११ भदौ – गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरधारी शर्मा पौडेलले स्थानीय तहले यनेजना तर्जुमा गर्दा कानूनलाई आधार मानेर गर्नु पर्ने बताए । भीरकोट नगरपालिकाले समग्र नगरको विकासका बारेमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आयोजना गरेको दुइ दिने आवधिक रणनैतीक कार्ययोजना पूर्व तयारी कार्यशाला गोष्ठीमा बोल्दै पौडेलले सोकुरा बताएक हुन।
पौडेलले वर्तमान राज्य प्रणाली अन्तर्गत रहेर योजना तर्जुमा गर्नु पर्ने बताउदै योजना तर्जुमा सम्बन्धी कानूनी व्यवस्था, स्थानीय तहको योजना तर्जुमाका आधारहरु, विद्यमान राष्ट्रिय, प्रादेशिक तथा स्थानीय नीतिहरुका बारेमा योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने बताए ।
नगर प्रमुख छायाराम खनालले अहिलेको बदलिदो परिस्थितीमा आँखा चिम्लेर हिडेमा गन्तव्यमा पुग्न नसकिने हुदा योजना र खाका बनाएर अगाडि बढ्नु पर्ने बताए । नगर प्रमुख खनालले ‘प्रदेशका सबै आयोजनाहरुमा साझेदारी गर्न भीरकोट नगरपालिका तत्पर रहेको जनाए ।
स्थानीय स्तरमा उपलब्ध भएका जनशक्तिको सक्दो उपयोग गर्ने गरी योजना बनाएर पर्यटन वर्ष २०२० लाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख खनालले बताए । दुइ दिन सम्म चलेको गेष्ठीमा रणनीतिक आयोजना निर्माणका लागि विभिन्न समितिहरु गठन गर्दै मंगलवार सकिएको छ ।




