स्याङ्जा, १८ साउन- भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री मद्माकुमारी अर्यालले गरिबीको अन्त्यको लागि स्तरपहिचान आवश्यक रहेको बताएकी छन । स्याङ्जाको वालिङमा शुक्रवार गरिब घरपरिवार पहिचान तथा परिचय पत्रको दोस्रो चरणको कार्यक्रमको सुभारम्भ गर्दै सोकुरा बताएकी हुन । मन्त्री अर्यालले भनिन‘ गरिब पहिचान कार्यक्रम चौतारोमा बसेर अरुले भनेकै आधारमा डाटा संकलन गरेर सहि तथ्य नआउने बताउदै मन्त्रालयले गणकहरुलाई जनताको घरघरमा पठाएर वास्तवीक तथ्य संकलन गरेर सोही अनुसार अगाडी बढने हो । ’
मन्त्री अर्यालले डाटा संकलन गर्ने काम सकिएपछि गरिब जनताको जिवनस्तर माथि उठाउनको लागि सोही अनुसारको कार्यक्रम सञ्चालन गर्ने बताइन ।यस भन्दा पहिले संकलन गरिएको तथ्यंकका बारेमा मन्त्रालयमा उजुरिको चाङ लागेको बताउदै अब त्यसो हुन नदिन मन्त्रालयले विशेष किसिमको सफ्टव्यरको निर्माण गरेर काम अगाडी बढाएको जानकारी दिइन।
मन्त्री अर्यालले सरकारले तीन वर्ष भित्रमा गरिबीलाई सुन्यमा ल्याउने योजनाका साथ काम गरिरहेको बताइन । जब सम्म जनताको जिवन स्तर माथि उठाउँन सकिदैन तव सम्म देशको विकास नहुने हुदा सरकार यस विषमा गम्भिर रहेको उनको भनाई थियो ।
पहिलो चरणको कार्यक्रम अन्तरगत २६ ओटा जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको लागि स्थानीय तह संग समन्वय गर्ने काम भइरहेको र शुक्रवारबाट स्याङ्जा, काभ्रे, रसुवा लम्जुङ, म्याग्दी लगायतका १२ जिल्लामा सुरु भएको कार्यक्रम गरिब घरपरिवारको पहिचान गर्ने कार्य सकिएपछि विशेष प्रकारको परिचयपत्र वितरण गरिने मन्त्री अर्यालले जानकारी दिइन ।




